आम जनता पार्टीमा पहिरो बरिस्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजिनामा

आम जनता पार्टीमा पहिरो बरिस्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजिनामा

राैतहट २५ चैत्र

आम जनता पार्टी नेपालका केन्द्रीय बरिस्ठ उपाध्यक्ष उपेन्द्र साहले पाट्रीको कुनै पनि जिम्मेवारीमा नरहेको भनी राजीनामा दिएका छन ।

आफ्नो विभिन्न स्वार्थ त्याग गरि आजपा र प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उहाँको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको आजपा नेपालका केन्द्रीय बरिस्ठ उपाध्यक्ष उपेन्द्र साहले सोमबार आफ्नो समाजिक संजाल फेसबुक मार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन ।

प्रभु साहसँग जनयुद्ध कालदेखि लामो राजनीति यात्रा गर्दै आएका माधव नारायण नगरपालिका वडा नं ५ निवासी उपेन्द्र साहले विगतको दिनमा पोलिट व्यूरो सदस्य, जिल्ला इन्चार्ज र नेकपा एमालेबाट समानुपातिक सदस्य समेत त्याग गरी आम जनता पार्टीमा लागेका थिए ।

तर आजको दिनमा प्रभु साह र आम जनता पाट्रीमा आफ्नाे राजनिती भविष्य अन्धयाराे देखेपछि नेता साहले पार्टीमा प्रभु साह पछिकाे हैसियत केन्द्रीय बरिस्ठ उपाध्यक्ष जस्तो पदबाट राजीनामा दिनु अर्थ पुर्ण रहेकाे बुझिएको छ। अब आम जनता पार्टी र स्वयं प्रभु साह आफै कुन मधेस वादी दलको कितामा विलय हुन धेरै समय बाकी नरहेको एक जना राजनितीक विश्लेशकले बताए ।

त्यति मात्र होइन २०७४ सालको प्रथम स्थानीय तहको चुनावमा नेता साहको श्रीमती सिमल कुमारी साह माधव नारायण नपाकी उपमेयर पदमा विजयी भएको थिइनँ त्यसबेला नेकपा एमालेबाट कार्वाही समेत प्रभु साहको कारण खेप्नुपरेको आम जनता पार्टी त्याग गरि आम जनता हुनु भएका उपेन्द्र साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।