राष्ट्रिय युवा संघको खुल्ला केन्द्रिय सदस्य पदमा महमद मेराजको उम्मेदवारी
राष्ट्रिय युवा संघको खुल्ला केन्द्रिय सदस्य पदमा महमद मेराजको उम्मेदवारी

काठमाडौं ११ जेष्ठ
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय खुल्ला सदस्य पदमा पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं. ५ निवासी महमद मेराजले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय युवा संघको १०औँ राष्ट्रिय महाधिवेशनको क्रममा यही जेठ १३ गते पोखरामा निर्वाचन हुँदैछ । लामो समयदेखि सङ्गठनमा रहेर गरेको योगदान, हासिल गरेको अनुभव र कुशल नेतृत्व क्षमताका आधारमा मेराजले आफूलाई केन्द्रिय सदस्य पदको दाबेदारका रूपमा प्रस्तुत गरेका हुन् ।
सङ्गठनले दिएको जिम्मेवारी र भूमिकालाई सहर्ष स्वीकार गरी जिम्मेवारीबोधका साथ काम गर्दै आएको कारण पनि आफू स्वाभाविक रूपमा केन्द्रिय सदस्य पदको दाबेदार रहेको उनको भनाइ छ ।
सङ्गठनमा गरेको लामो योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा आफ्नो दाबी स्वाभाविक रहेको मेराजको दाबी रहेको छ ।
बिगतमा पनि युवा संघको केन्द्रिय सदस्यको रुपमा रही संगठन र पार्टी प्रति वफादार भई काम गर्दै आएकोले पुनः क्न्द्रिय सदस्यमा उम्मेदवारी दिएको मेराजले यस अनलाईनलाई बताए । विभिन्न जिम्मेवारीमा रहँदा देखाएको वैचारिक परिपक्वता, सङ्गठनप्रतिको निष्ठा र नेतृत्व क्षमताले मेराजलाई सङ्गठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको युवा संघकै नेताहरू बताउछँन् ।
विशेषतः सङ्गठनले गरेका हरेक कार्यक्रमको व्यवस्थापन तथा सङ्गठनका हरेक गतिविधि मितव्ययी ढङ्गबाट सञ्चालन गरेको भूमिकाले उनको क्षमताको धेरै नेताहरुले प्रशंसा गर्ने गरेका छन् ।
केन्द्रिय सदस्य पदको आकांक्षी मेराजले १० औं राष्ट्रिय महाधिवेशनमार्फत उम्मेदवारीको औपचारिक घोषणा नगरेको भए पनि उनी सचिव पदका लागि सङ्गठनभित्र आफ्नो बलियो दाबेदारी पेश गरेर बसेका एक सशक्त विकल्प हुन् ।
महाधिवेशनले नौ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको सुनिश्चिता गर्ने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।






