वीरगंजमा मनाइयो भारतको ७९औँ स्वतन्त्रता दिवस
वीरगंजमा मनाइयो भारतको ७९औँ स्वतन्त्रता दिवस

वीरगंज ३० साउन
मित्रराष्ट्र भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाइएको छ।
शुक्रबार बिहान ९ बजे महावाणिज्यदूत देवी सहाय मीनाद्वारा झण्डोतोलन गर्दै कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियो । कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले पठाएको राष्ट्रको नाममा सन्देश पनि सुनाइएको थियो । कार्यक्रममा वीरगंजका विभिन्न विद्यालयका विद्यार्थीले देशभक्तिमूलक झाँकी तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए । विशेषगरी विद्यार्थीहरूले गीत, नृत्य र नाटकमार्फत स्वतन्त्रता दिवसको महत्व दर्शाएका थिए ।
कार्यक्रममा वीरगंजस्थित सुरक्षा निकायका प्रमुख, स्थानीय राजनीतिक दलका नेता, भारतीय समुदायका प्रतिनिधि, सञ्चारकर्मी तथा सरकारी–गैरसरकारी संस्थाका पदाधिकारीहरुसमेत उपस्थित थिए ।






