यातायात वीरगंजका अधिकृत विश्वनाथ यादवद्धारा मन्त्री रायको नाममा असुली

अजय चौरसिया /
वीरगंज २१ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त छैठौ तहका अधिकृत विश्वनाथ यादवको असुली धन्दा मनोपोली तरिकाले चलिरहेकोमा सेवाग्रहीहरु सास्ती खेप्न बाध्य भएको समाचार स्रोतले जनाएको छ ।
वर्षौ दिन देखि सवारी चालक अनुमति पत्र शाखामा कार्यरत्त यादवले सवारी चालक अनुमति पत्रको नविकरण, प्रतिलिपि, प्रमाणीकरण लगायतका कार्यहरुमा सेवाग्रहीहरुलाई दुहुनो गाई बनाएको भुक्तभोगीहरु बताउंदछन् ।
यति मात्र होईन, यादवले मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय आफ्नो स्वजातिय र जिल्लावासी भएकोले वहाँ सँग जुनसुकै बेला कुराकानी गर्न सक्छु र जुन कर्मचारीलाई पनि यताउति गराउन म मा हैसियत भएकोले कसैले केही बिगार्न नसक्ने भन्दै रक्सी भठ्ठीमा धाक लगाउदै गरेको उनको भनाईलाई उद्धृत गर्दै स्रोतले जनाएको छ ।
यातायात कार्यालयमा कार्यरत्त कैयौं कर्मचारीहरु सँग माननीय मन्त्रीज्यूले तपाईको नाम राखेर मलाई फोन गर्नु भएको थियो, केही व्यवस्था गर्नुस वहाँलाई दिनु पर्छ नत्र यताउति भईहाल्नु हुन्छ भन्दै, थर्काउदै मन्त्री राय र उनका भाई श्याम किशोर यादवको नाममा भ्रष्ट प्रवृतिका अधिकृत विश्वनाथले असुली गर्दै लुटतन्त्र मच्चाएको पिडित कर्मचारीहरुको भनाई रहेको छ ।
सवारी चालक अनुमति पत्रको लिखित प्रमुख भएर असुली धन्दामा आतंक मच्चाएका अधिकृत यादवले दैनिक आफ्ना आसेपासेहरु सँग भठ्ठी पसलहरुमा बसी रक्सीको आनन्द लिदै कहिले मन्त्री राय त कहिले उनका भाई श्याम किशोर यादवलाई अडियो, भिडियो कल गरी कुरा गर्ने गरेको र अधिकृत यादव सँग भएका आसेपासेहरुलाई तपाईहरु केही नबोल्नु होला भन्दै देखाउदै मेरो राम्रो सम्बन्ध रहेको फुर्ती लगाउने गरेको उनका निकटवर्तीहरु बताउदंछन् ।
यातायात कार्यालय वीरगंजमा बसेर करोडौं कमाउन सफल भएका अधिकृत विश्वनाथ यादवको पहिलाको बानी व्यवहोरा र अहिलेमा आकाश जमिनको फरक पर्ने गरेको उनलाई उनका निकटवर्तीहरुले सुझाए पनि माननीय मन्त्री राय भएसम्म कमाई हालौं, भोली को आउँछ, के हुन्छ, थाहा छैन् भठ्ठी पसलहरुमा भन्दै रवाफ देखाउदै ठट्टा मारेर हाँस्ने गरेको उनका निकटवर्ती स्रोतले जनाएको छ ।
मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायतका नियमनकारी निकायले अधिकृत यादव माथि समयमै लगाम लगाएन भने सेवाग्रही तथा केही कर्मचारीहरु सास्ती भोग्न बाध्य हुने छन् भने कार्यालय बदनामीबाट बञ्चित नरहने भुक्तभोगीहरुको भनाई रहेको छ ।
अधिकृत विश्वनाथ यादव सँग मोबाईल फोन सम्पर्क गरी तपाईले नविकरण, प्रतिलिपि, प्रमाणीकरण लगायतका काममा सेवाग्रहीहरु सँग रकम नलिई काम गर्नु हुन्न ? भनि जिज्ञासा राख्दा वहाँले म कानुन विपरितका कार्य नगर्ने गरेको दाबी गरे ।
अर्को जिज्ञासा तपाई माननीय मन्त्रीज्यूको नाममा कर्मचारीहरुलाई थर्काउनु हुन्छ, अझ थप जिज्ञासा राख्न नपाउदै बिचैमा अधिकृत यादवले हैन, हैन भन्दै पन्छिन खोजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।