प्रगतिशील युवा क्लव द्वारा २६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम हुने

प्रगतिशील युवा क्लव द्वारा २६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम हुने

वीरगञ्ज ३ मंसिर

वीरगञ्ज महानगरपालिका वडा नं. १५ मा रहेको प्रगतिशील युवा क्लव द्वारा २६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आगामी २०८३ मंसिर ५ गते शनिबार बिहान ७:३० बजे देखि वीरगञ्ज–१५, प्रतिमा चौंक स्थित प्रगतिशील युवा क्लब भवन परिसरमा कार्यक्रम आयोजना हुन लागेको हो।

‘तपाईंको एक थोपा रगत, कसैको जीवनमा उज्यालो’ भन्ने सन्देशसहित आयोजना हुन लागेको उक्त कार्यक्रमको उद्देश्य रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्नुका साथै रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुरयाउनु रहेको छ।

क्लबले आफ्नो वार्षिकोत्सव लाई सामाजिक सेवासँग जोड्दै युवाहरूमा मानवीय सेवा, सामाजिक सद्भाव र सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा सहभागी भई रक्तदान मार्फत मानवीय सेवामा योगदान पुरयाउन क्लबले वीरगञ्ज तथा आसपासका क्षेत्रका युवाहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी र सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।