नागरिक मुस्लिम समाजको प्रदेश अध्यक्षमा लाल महम्मद अन्सारी मनोनित

नागरिक मुस्लिम समाजको प्रदेश अध्यक्षमा लाल महम्मद अन्सारी मनोनित

मंसिर २८ बारा

नागरिक उन्मुक्ति पार्टीको अन्तरिम बिधान २०७८ को धारा ११ बमोजिम पार्टीको भातृ संगठन नागरिक मुस्लिम समाजको मधेश प्रदेशको प्रदेश अध्यक्षमा लाल महम्मद अन्सारी मनोनित भएका छ्न ।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा अवस्थित श्री देवकी लाल धर्मशालाको प्राङ्गणमा एक कार्यक्रमको बिच पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र चौधरीले सदस्यता एवं मनोनित पत्र अन्सारीलाई हस्तान्तरण गरेका छ्न।

राजनीतिमा शिक्षित युवाहरु नलागे सम्म देशको अवस्था नसुध्रिने तथा बिकास समेत सम्भव नहुने प्रदेश अध्यक्ष चौधरीले भने । शिक्षा प्रेमी अन्सारी बिगत लामो समय देखि शैक्षिक परामर्शदाताको रुपमा कार्यरत छ्न । वहाँले कलैयामा ग्रेट माउन्टेन एजुकेसनल कन्सलटेन्सि संचालन गरि कार्य गर्दै आएका छ्न ।

प्रदेशका सह महासचिव अशोक श्रेष्ठको अध्यक्षता एवं प्रदेश अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख अतिथियमा सम्पन्न सो कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।