लायन्स क्लबद्वारा बीरगंजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लबद्वारा बीरगंजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पुष २८ वीरगंज

लायन्स क्लबद्वारा बीरगंजको घडिअर्वा पोखरी क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

लायन्स क्लबको साप्ताहिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त शिविरमा स्थानीय नागरिकहरूले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए। क्लबले नियमित रूपमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नुका साथै मानव सेवामा संलग्न व्यक्तिहरूलाई भोजन वितरण गर्ने कार्यक्रम पनि गर्दै आएको छ।

यसका अतिरिक्त लायन्स क्लबले आमाको माया छात्रावासमा आवश्यक सामग्री हस्तान्तरणलगायत सामाजिक तथा मानवीय सेवाका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीले क्लब सदैव समाजसेवा र मानव कल्याणमा समर्पित रहँदै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।