कटहरी–जमटोकीमा श्रीहरि सत्संग समितिको पाँचौँ वार्षिक उत्सव तथा ‘सबरी बाल संस्कार केन्द्र’को शुभारम्भ

कटहरी–जमटोकीमा श्रीहरि सत्संग समितिको पाँचौँ वार्षिक उत्सव तथा ‘सबरी बाल संस्कार केन्द्र’को शुभारम्भ

विराटनगर  मोरङ ९ माघ

श्रीहरि सत्संग समिति नेपाल, विराटनगर सम्भागअन्तर्गत कटहरी गाउँपालिका–जमटोकी आनन्द टोलमा श्रीहरि सत्संग समितिको पाँचौँ वार्षिक उत्सव स्थापना दिवस तथा श्रीपञ्चमी (सरस्वती पूजा)को अवसरमा **श्री “सबरी बाल संस्कार केन्द्र”**को औपचारिक शुभारम्भ गरिएको छ।

उक्त कार्यक्रमको अध्यक्षता श्रीहरि सत्संग समिति नेपालका राष्ट्रिय अध्यक्ष श्री भीखमचन्द सरल जीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वन, पर्यटन तथा पर्यावरण मन्त्री माननीय भीम पराजुली ज्यूको उपस्थिति रहेको थियो।

कार्यक्रममा श्रीहरि सत्संग समिति विराटनगर सम्भाग अध्यक्ष श्री विद्यानन्द माझी ज्यू, सम्भाग उपाध्यक्ष श्री महेश स्वर्णकार ज्यू, सम्भाग महिला समिति अध्यक्ष श्रीमती पुष्पा लोढा ज्यू, मोरङ जिल्ला अध्यक्ष श्री ओम प्रकाश अग्रवाल ज्यू, जिल्ला महिला समितिका कार्यकारी अध्यक्ष श्रीमती पुष्पलता कोइराला ज्यू, बाल संस्कार केन्द्रका सहयोगदाता श्री पिंकी स्वर्णकार ज्यू, पत्रकारद्वय राजेश शर्मा ज्यू र कौशल निरौला ज्यू, राष्ट्रिय योजना प्रमुखलगायत मोरङ र सुनसरी जिल्लाका सञ्च व्यास तथा साधक–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा बालबालिकाहरूलाई कापी, पेन्सिल, कटर र इरेजर (देवेनाारा परिवारको सौजन्यमा) साथै मिठाई वितरण गरिएको थियो। केन्द्रमार्फत बालबालिकाहरूलाई दैनिक एक घण्टा संस्कार शिक्षाको व्यवस्था गरिने जानकारी दिइयो।

यसै अवसरमा श्री देवेन्द्र सेठिया ज्यूले आगामी दिनमा अर्को एक संस्कार केन्द्र गोद लिने घोषणा गर्नुभएको छ, जसले संस्कार शिक्षाको विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले बालबालिकामा नैतिक, सांस्कृतिक र आध्यात्मिक मूल्य विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।