रास्वपाबाट पर्सा–२ मा सुशील कानुको चुनावी छलाङ, वडाध्यक्ष पद त्यागेर सांसदको दौडमा

रास्वपाबाट पर्सा–२ मा सुशील कानुको चुनावी छलाङ, वडाध्यक्ष पद त्यागेर सांसदको दौडमा

वीरगन्ज १० माघ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार सुशील कुमार कानु ले पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा होमिएका छन्। वीरगन्ज महानगरपालिका–१० का निर्वाचित वडाध्यक्ष रहेका कानुले कार्यकाल बीचमै पद त्याग गर्दै संघीय सांसद बन्ने आकांक्षासहित उम्मेदवारी दिएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा पहिलोपटक चुनावी मैदानमा उत्रिँदा पराजय भोगेका कानुले त्यसपछि कार्यपालिका सदस्य र २०७९ मा वडाध्यक्ष जित्दै राजनीतिक यात्रा मजबुत बनाएका थिए। यसपटक उनले मधेस केन्द्रित दल छाडेर वैकल्पिक शक्तिको दाबी गर्दै आएको रास्वपाबाट उम्मेदवारी दिएका छन्।

युवा नेतृत्व, सुशासन र राजनीतिक परिवर्तनको एजेन्डा अघि सार्दै कानुले पर्सा–२ मा चुनावी प्रचार अभियान तीव्र बनाएका छन्। उनले पटक–पटक निर्वाचित पुराना नेताबाट अपेक्षित परिवर्तन नआएको दाबी गर्दै नयाँ राजनीतिक विकल्प आवश्यक भएको बताएका छन्।

रास्वपाले युवालाई प्राथमिकतामा राखेर उम्मेदवार अघि सारेकाले आफूजस्ता नयाँ पुस्ताका नेताहरूलाई जनसमर्थन बढ्दै गएको कानुको भनाइ छ। पर्सा–२ मा रास्वपाको बढ्दो गतिविधिले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।