महागढीमाईमा दुई दिने च्याऊ खेती तालिम सम्पन्न

वीरगंज १५ माघ । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. २ बरैया टोलमा सञ्चालित दुई दिने च्याऊ खेती तालिम बिहिवार सम्पन्न भएको छ ।

ग्रामिण सामुदायिक अध्यन केन्द्र महागढीमाईको आयोजनामा सञ्चालित तालिम समापनको अवसरमा नेपाली काँग्रेसका नेता भैयाराम यादवले तालिममा सिकेका ज्ञान र शिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

सिप सिकेर स्वरोजगार भई आयआर्जन गर्ने उदेश्यले आयोजित यो तालिम व्यवहारमा उतार्न सके मात्र फलदायी हुने बताए ।

आयोजक संस्थाका अध्यक्ष नरेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सामाजिक परिचालक अनु चौरसिया, बडा बाबु महतो, पिन्टु  मिश्रा, बबिता यादव लगायतकाले सहयोग पु¥याएका थिए ।

तालिममा सहभागी ५० जना महिलाहरुलाई सिकेन्द्र साह, सिमा देवी, सन्जीता देवीले प्रशिक्षण दिएका थिए ।

बेरोजगारलाई स्वलम्बन बनाउने वा स्वरोजगारमा परिवर्तन गर्ने उदेश्यले यो तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।