घर–घर अभियान र हुंकार नारा सहित चुनावी अभियान तीव्र
घर–घर अभियान र हुंकार नारा सहित चुनावी अभियान तीव्र

वीरगंज १७ पर्सा
आगामी निर्वाचन नजिकिँदै जाँदा बहुदरमाई नगरपालिकाको वडा नं. ४ मा नेपाली कांग्रेसले खुला चुनावी दाबी प्रस्तुत गरेको छ। बुथ सभापति राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टीलाई आक्रामक रूपमा चुनावी मैदानमा उतार्ने संकेत दिएको छ। भेलालाई सम्बोधन गर्दै पूर्व मेयर नितेन्द्र साह ले स्पष्ट शब्दमा भने,
“यो वडा जित्नु भनेको बहुदरमाई जित्नु हो। कांग्रेस अब कुनै हालतमा पछि हट्दैन।”
कार्यक्रममा ‘घर–घर कांग्रेस, बहुदरमाई कांग्रेस’,‘भाषण होइन विकास, विकल्प होइन कांग्रेस’ जस्ता कडा नारा गुञ्जिएका थिए।
रामरूप कुर्मी, दिपेन्द्र प्रजापति, बाछु साह, हुलास साह, विद्याचल महतो, त्रिलोकी साह र दिनेश यादव लगायतका नेताहरूले बूथस्तरमै संगठन विस्तार, मतदाता परिचालन र विपक्षी दलका भ्रम चिर्ने रणनीतिमा एकमत जनाए।
एक स्थानीय कार्यकर्ताले भने,“यसपटक चुनाव सामान्य छैन, यो बहुदरमाई–४ को निर्णायक लडाइँ हो।”भेलापछि बहुदरमाई–४ मा राजनीतिक चहलपहल तीव्र भएको छ। कांग्रेसले यस वडालाई निर्णायक मोर्चा बनाउँदै चुनावी अभियानलाई झन् आक्रामक बनाएको देखिन्छ।






