सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड

सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड

नयाॅ दिल्ली २६ माघ

भारतको नई दिल्ली स्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम इण्डिया चाप्टरले आयोजना गरेको दक्षिण एसियाको शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका बिषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान, लगायतका देशबाट आएका पत्रकारहरु बिच बृहत छलफल भएको छ ।

भारतीय विद्यापीठ का निर्देशक फ्रोफेसर एम एन होदाकाे अध्यक्षतामा भएको कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो.अब्दुर रहमान, सदस्य इस्मिता मिश्रा, श्रीलङ्का चाप्टरका अध्यक्ष राहुल सामन्था, इण्डिया चाप्टरका अध्यक्ष अनिरुद्ध सुधांशु लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा फोरमका अन्तर्राष्ट्रिय सदस्य भुटानका रिन्जिन वाङचुक र पाकिस्तान च्यापटरका महासचिव हुश्नयन चौधरीले भिडियो सन्देश मार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा सहभागी बक्ताहरुले सार्क क्षेत्रमा शान्ति स्थापना गर्न चुनौतीपूर्ण भए पनि पत्रकारिताको माध्यमद्वारा सक्दो प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच कार्यक्रममा सार्क जर्नालिष्ट फोरम भारत च्यापटर द्वारा स्थापित यस बर्षको तृतीय युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपालका नृपेन्द्र लाल श्रेष्ठ, भारतका शशिभुषण कुमार र श्रीलंकाका जानकालाई सम्मानित गरिएको थियो।

कार्यक्रममा पत्रकारहरु राजु लामा, अब्दुर रहमान, राहुल सामन्था, नुर नबी, मो. योसूफूदिन, रुद्र सुवेदी, सदाव मल्लिक, दिपेन्द्र प्रजापती, शैलेश साह कानु, अभिलाष गुप्ता, अजमत अलि लगायतका पत्रकारहरु पनि अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।