रास्वपामा ठूलो झड्का : मनोज गुप्तासहित स्थानीय नेतृत्व विनय यादवतर्फ आकर्षित

रास्वपामा ठूलो झड्का : मनोज गुप्तासहित स्थानीय नेतृत्व विनय यादवतर्फ आकर्षित

बारा ३ माघ

बारा जिल्लाको परवानीपुर गाउँपालिकामा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका सभापति मनोज गुप्तासहित दर्जनौँ नेता–कार्यकर्ता पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।

एक कार्यक्रमबीच नवप्रवेशीहरूलाई हिन्दू राष्ट्र स्थापनाको एजेन्डासहित चुनावी मैदानमा रहेका बारा क्षेत्र नं. ४ का उम्मेदवार विनय यादवले टीका लगाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले हिन्दू राष्ट्र निर्माणका लागि अब बारा–४ का जनतासामु तुलसी छाप बाहेक अन्य विकल्प नरहेको धारणा व्यक्त गरे।

पार्टी प्रवेश गर्नेहरूमा दुर्गा यादव, महेन्द्र साह, मनोज गुप्ता, कृष्ण गुप्ता लगायत रहेका छन्। कार्यक्रममा बोल्दै राष्ट्रिय एकता दलका नेता अवधेश मण्डल र विवेक कुशवाहाले बारा–४ लाई ‘जिहादमुक्त’ बनाउने उद्देश्यसहित दल अघि बढिरहेको बताउँदै तुलसी छापको विजय सुनिश्चित रहेको दाबी गरे।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले हिन्दू राष्ट्रको अभियानलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।