होप फर हयुम्यानिटी फाउन्डेसन पर्साद्धारा आयोजित कार्यक्रममा २२ ले गरे रक्तदान

वीरगंज १४ चैत । होप फर हयुम्यानिटी फाउन्डेसन पर्साको आयोजनामा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धोबिनी गाउँपालिका वडा नं. ५ धोबिनी स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धोबिनी १२३ को प्राङ्गणमा आयोजित सो रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा ब्लु हेबेन एकेडेमीका प्रिन्सिपल सुदिल पटेल, संस्थाका अध्यक्ष ईलियास अंसारी, स्थानिय सजाद अंसारी, तबजेर अंसारी, कासिम अंसारी, अयाद अंसारी, मुना साह, सरोज कुमार पटेल, अमरजित पटेल, आकाश साह, निरज कुमार पटेल लगायतकाले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्थाका प्रमुख सल्लाहकार अशोक कुमार पटेलको अध्यक्षतामा सम्पन्न सो रक्तदान कार्यक्रमका प्रमुख अतिथि भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले रक्तदान जिवनदान भएकोले उमेर पुगेका सबै स्वस्थ्य नागरिकहरुले प्रत्येक ३÷३ महिनामा रक्तदान गर्न सुझाएका थिए ।सो कार्यक्रममा धोबिनी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मनौवर अहमद, आयोजक संसथाका अध्यक्ष ईलियास अंसारी, त्यसैगरी मोजदिन मिया, सुरेश साह, निरज पटेल लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक मनिष गुप्ताको टिमले प्राविधिक सहयोग गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।