बोलबम तीर्थयात्रीको रक्ताम्य चप्पलले जन्माएको यक्ष प्रश्न : डा.विजय दत्त 

बोलबम तीर्थयात्रीको रक्ताम्य चप्पलले जन्माएको यक्ष प्रश्न: डा.विजय दत्त 

डा.विजय दत्त 

साउन महिनाको १० गते आइतबारका दिन सुनसरीको देवानगन्ज/कप्तानगन्ज क्षेत्रमा बोलबम भक्तजनहरुले धार्मिक यात्रा गर्दै थिए । एक्कासी मुसलमानहरुले मदरसाबाट हातहतियारसहित बाहिर निस्के र भक्तजनहरुसंग विवाद गरे । त्यतिबेला नै बिजुली समेत काटिए । र, गोली चल्न थाले । जस्तो सबै नियोजित थिए ,स्थानीयहरुको भनाइमा । प्रहरी झन अपराधीहरुकै पक्षमा भएको जस्तो देखिन्थ्यो । झण्डै एक घण्टासम्म जेहादी अपराधीहरुले प्रहरीको आडमा मान्छे मारे,घाइते बनाए । जब ग्रामीण हिन्दुहरुको जमघट भयो कि बत्तीपनि आयो र प्रहरीको सहयोगमा ती अपराधीहरुपनि भागे र भगाइए । अस्पताल लै जाने क्रममा एक युवा बोलबम भक्त ओमप्रकाश मेहताले ज्यान गुमाए । त्यसरी नै अरु बोलबम भक्तजनहरुलाई अस्पताल लगे जहा जीवनमरणको दोसाँधमा रहेका छन् । परिणाम भयावह भए । कर्फ्यु लागे जनजीवन अशान्त भए । सरकार निरीह र लाचार भएको देखियो योजित वा सुनियोजित ठम्याउनै गार्‍हो ? सर्वदलीय बैठक भयो तर, कुन घटना सुनसरीमा भयो ? के को सदभाव समेत निश्चित गर्न सकेन । स्थिति अत्यन्तै तनावपूर्ण छ । बाहिरबाट जस्तो देखिएपनि तनाव भुसको आगो झै छ ।

मदरसा शैक्षणिक स्थल वा अपराधी उत्पादन केन्द्र

कप्तानगंज जहा यो अकल्पनीय आतंककारी घटना भयो त्यहाँको मदरसामा सबै विदेशी शिक्षक/मौलवी र विद्यार्थीहरु रेहेका छन । त्यसको आम्दानी-खर्च अपारदर्शी रहेको छ । यी विदेशीहरुले नै सुनसरी जिल्लाको दक्षिणी भेग हरिनगरा-देवानगंजमा आतंकी घटनाहरु गराउंदै आएका छन् ।

स्मरण रहोस्,मुम्बई बमकाण्डका कनेक्सन यहीबाट भएको भारतीय सुरक्षा निकायले ठम्याइ त्यतिबेला एकजना मास्टरमान्डलाई मारेका थिए । स्थानीयको भनाइ अनुसार,यसलाई “मिनी पाकिस्तान” पनि भनिन्छ ।

भाइरल भिडियोहरु : सोसल मिडियामा केहि भिडियोहरु भाइरल भएकाछन । जसमा नेपालबाट र विदेशबाटपनि केहि अपराधीहरुले यो “घटना गराएका र अझै लाखौंलाख खर्चिएर गराउने” धम्की दिएका छन । भने केहि मानिस जसले हिजोका दिनमा “हिन्दुलाई मार !” पहिले मुसलमान हौ “ जस्ता नारा लगाए र गराए अहिले आएर सामाजिक सदभावको कुरा गरेका छन । पदमा रहदा नै प्रहरीले समातेका थिए अपराधीक क्रियाकलापका कारण । अहिले गोहीको आंसु बगाएको हेर्दा लाज लागेको छ जनमानसलाई । विगतमा अबैध रुपमा भित्राएका रोहिंग्या मुसलमान,बंगलादेशी मुसलमान,सोमालियन लगायतकाको कुकर्मको कारण कानुनी कार्वाहीमा अवश्य नै पर्नेछन । उता हिन्दु अबोध बालिकालाई जनकपुरमा एउटा गल्फबाट आएका अबैध रकम कुम्यलाउंदै गरेका जानी खान,मुसलमानले अपहरण गरेको र प्रहरीको हिरासतमा रहेको छ । रोहिंग्या भित्राउने मुसलमानहरु पनि समातिएका छन् । यी सबै संचारमाध्यमहरु सर्वत्र छन् ।

नेपाल प्रहरीका IGP को भनाइ :  नेपाल प्रहरीका IG ले केही साता पहिले नै नेपालमा रोहिंग्या,बंगलादेशी,सोमालिया लगायतका अपराधीहरु नेपालमा रहेका छन,भनेका थिए जसले सुरक्षाको संवेदनशीलता बढाएको छ । तर,गृहमन्त्रीले वास्ता गरेन । प्रधानमन्त्रीको त कुरा नगर्दा नै हुन्छ । परिणाम धार्मिक दंगा भए । यी अपराधी र आतंककारीहरु कथमपि नेपाली हुँदै होइनन् । यिनीहरूको सबै काजजात र प्रमाणपत्रहरु फर्जी छन्। तुरुन्तै कार्वाही गर्नुपर्ने । तर, …?

के हिन्दुराज्य नै समाधानको बिकल्प हुन त ?

०६२/०६३ पछि मुलुकले यस्ता प्रसवजन्य पीडा भोग्दै आएको छ । धार्मिक द्वन्द उच्च छ । प्रहरी प्रशासनको मनोवृत्ति स्थिर नरहेको देखिन्छ । मनोबल उच्च छैन । वेथिति,कुशासन,भ्रष्टाचार उच्चतम बिन्दुमा छ । दण्डहीनता पराकाष्ठामा । जनताको भनाइमा यदि राजतन्त्रको पक्ष र विपक्षमा जनमत संग्रह भयो भने ओंकार सनातनीको जनसंख्या ९३.१५% ले जित्छ । तसर्थ, हिन्दुराज्य हुनु नै यस समस्याको समाधान हो । तर,गणतन्त्रको नाप जप गर्नेलाई यो पाच्य हुन्छ ? नागरिकको भनाइ ।

रक्ताम्य चप्पल र रक्ताम्य जुत्ता : २०८२ साल भदौ २३ र २४ गतेको GenZ आन्दोलनमा ७७ जना विद्यार्थीसहितले ज्यान गुमाए । विद्यार्थी मारिएपछि त्यसका रक्ताम्य जुत्ता सडकमै फालिए । जुता रुधिरमय जुत्ता प्रश्न गरे र परिणामस्वरुप ,केन्द्रीय शासनमा रहेका पुरातनवादी सरकार ढले र पुर्णतः सत्ता परिवर्तन भए ।

२०८३ साउन १० बोलबम कांवरियामाथि बर्बरतापुर्ण अन्ध्यारोमा रक्षक भन्नेले गोली चलाए र तीर्थयात्रीको रगतले उसको चप्पल रक्ताम्य बने । के तीर्थयात्रीको रुधिराम्य रगतको परिणाम व्यवस्था परिवर्तन हुन्छ ? भने प्रश्न सर्वत्र रहेको छ ।

यसका अतिरिक्त,यस प्रकारका स्थानीय घटना, सम्प्रदायिक तनाव र आपराधिक वारदातहरूबारे यथार्थ विश्लेषण गर्नका लागि केही महत्त्वपूर्ण पाटोहरूलाई समेत ध्यानमा राख्न आवश्यक हुन्छ:-

१. घटनाको सत्यतथ्य र कानुनी निरुपण

निष्पक्ष न्यायिक अनुसन्धानको आवश्यकता: जुनसुकै धार्मिक वा समुदायिक आवरणमा भएका हिंसात्मक घटना, ज्यान लिने वा गोली हान्ने जस्ता गम्भीर अपराधहरू मूलतः कानुनी अपराध (Criminal Offence) हुन्। यसमा संलग्न दोषीहरूमाथि बिना कुनै धार्मिक वा राजनीतिक पक्षपात कडा कारबाही हुनैपर्छ।

तथ्य जाँच(Fact-Checking): स्थानीय स्तरमा भएका साम्प्रदायिक उत्तेजनाले वास्तविक पीडितले न्याय पाउने प्रक्रियालाई झनै जटिल बनाउने छ । त्यसैले, स्थानीय प्रशासन, प्रहरी अनुसन्धान र आधिकारिक प्रतिवेदनले मात्र घटनाको वास्तविक कारण र क्षति पुष्टि गर्न सक्छ।

२. काठमाडौँ Vs सुनसरी’ र राज्यको दायित्व

काठमाडौं र सुनसरीमा घटाइएका घटनाले राज्य संयन्त्रको भूमिकामाथि फेरि पनि गम्भीर प्रश्न उठाएको छ –  नागरिक सुरक्षामा राज्यको असफलता:चाहे काठमाडौँको सडक होस् वा सुनसरीको सिमाना, आफ्नै धार्मिक/सांस्कृतिक परम्परा पालन गर्दा वा सर्वसाधारण भएर बाच्न पाउने नागरिकको मौलिक अधिकार (Right to Life and Security) को रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो।तर, स्थानीयहरुको भनाइमा “रक्षक नै भक्षक” भएको देखिन्छ ।

विभेदकारी ध्यान(Selective Attention): यदि सीमावर्ती वा दूरदराजका क्षेत्रमा सर्वसाधारणमाथि गोली प्रहार हुने, ज्यान जाने र नागरिकहरू अस्पतालको शय्यामा जीवनमरणको दोसाँधमा छट्पटाउने स्थिति बनिसक्दा पनि केन्द्र (सिंहदरबार) र राष्ट्रिय सञ्चारमाध्यमले त्यसलाई उचित प्राथमिकता दिँदैनन् भने, त्यसले “चप्पल लगाउने श्रमजीवी/स्थानीय नागरिकको रगतको मूल्य सस्तो मानियो” भन्ने अनुभूति गराउँछ। साथै,काठमाडौं र राजनीतिक दलहरूको चश्मा नै दोषी रहेको भान हुन्छ ।

३. साम्प्रदायिक सद्भाव र दूरगामी जोखिम

शान्ति-सुरक्षामा खलल: तराई-मधेसका क्षेत्रहरू ऐतिहासिक रूपमा धार्मिक तथा सांस्कृतिक सहअस्तित्वका लागि परिचित छन्। तर, यस्ता हिंसात्मक घटनाहरूले साम्प्रदायिक सद्भाव बिगार्ने र सर्वसाधारण नागरिकहरूलाई नै भय र त्रासको वातावरणमा धकेल्ने गरेको छ ।

राज्यको ढिलासुस्ती र अविश्वास: जब राज्यले घटनाको तत्काल निष्पक्ष न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्दैन, तब नागरिकमा राज्यका संस्था र समग्र व्यवस्थामाथि नै अविश्वास पैदा हुन्छ।र, अविश्वास जन्माएको छ पनि ।

निष्कर्ष: जुनसुकै आस्था वा समुदायका मानिस भए पनि, निर्दोष नागरिकको राज्यले नै ज्यान लिनु र गोली हान्नु राज्यको शान्ति-सुरक्षा व्यवस्थामाथिको ठूलो चुनौती हो। सुनसरीमा घटेको यो घटना,जसमा ओमप्रकाश मेहताको ज्यान गएको र अन्य घाइते भएको छ लाई राज्यले साम्प्रदायिक वा स्थानीय सानातिना झडपका रूपमा पन्छाउन मिल्दै मिल्दैन । दोषीमाथि तत्काल कडा कानुनी कारबाही र घाइतेहरूको उचित उपचार तथा न्याय सुनिश्चित गर्नु नै राज्यको पहिलो कर्तव्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।