पर्सामा विश्व सनातन हिन्दु महासंघ भयो गठन

पर्सामा विश्व सनातन हिन्दु महासंघ भयो गठन

पर्सा २५ साउन 

वीरगंजमा आज विश्व सनातन हिन्दु महासंघको गठन भएको छ। देशमा देखिएको हिन्दुहरु प्रतिको अपमान तथा हिन्दुहरूको आस्थाका केन्द्रकोरूपमा रहेका मठ मन्दिरहरू लगायतका विभिन्न आस्थाका केन्द्रहरूमा भईरहेको चौतर्फी आक्रमण तथा गैरहिन्दुहरुले हिन्दुहरु प्रति देखाएका अपमान मुलक परिस्थितिलाई सहन गर्न नसक्ने अवस्थालाई मध्यनजर गरी यो संगठन निर्माण गरिएको हो।

बिरगंज स्थित रहेको नृसिंह मन्दिरको प्राङ्गणमा भएको एक भेलामा आज विश्व सनातन हिन्दू महासंघको गठन गरिएको हो। नृसिंह मठका मूलपुजारी श्री श्री श्री १०८ श्री शुदर्शन आचार्यको अध्यक्षता बसेको बैठकले गरेकाे निर्णय अनुसार यो संगठन निर्माण भएको हो।

विनेश प्रसाद कुर्मीको संयाेजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको हो। उक्त विश्व सनातन हिन्दु महासंघको महा-सचिव जलेश्वर सर्राफ तथा बाकी रहेका सम्पूर्ण सदस्य पदमा रहेको जानकारी महासचिव जलेश्वर सर्राफले जानकारी गराउनु भएको छ।
आउँदा दिनमा यो संगठनले हिन्दुहरु प्रति कुनैपनि किसिमको कुनै पक्ष बाट अपमान गरिने कार्य भयो भने कडा प्रतिकार समेत गर्ने चेतावनी संयोजक विनेश प्रसाद कुर्मीले बताउनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।