गरुडामा तीन घरमा चोरी
गरुडामा तीन घरमा चोरी

रौतहट २ अशोज
रौतह गरुडा नगरपालिका–७ भिमडावरमा तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।
प्रहरीका अनुसार २०८३ साल असोज २ गते बिहान करिब ९ः३० बजे भिमडावरका तीनवटा घरमा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको ।थियो। चोरी भएका घरमा गरिएको न प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले दयाराम साहको घरबाट लोडेड कटुवा पेस्तोल बरामद न गरेको हो।
प्रहरीका अनुसार दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकामा लगाइएको आग्लो भाँचेर चोर घरभित्र प्रवेश गरेको देखिएको छ। घरबाट रेडमी, ओपो र रियलमी कम्पनीका तीन थान मोबाइल चोरी भएको जनाइएको छ।
त्यसैगरी, सोही स्थानका मनोज साहको एकतल्ले पक्की घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको करिब ५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ।
यस्तै, रामाज्ञा साहको घरमा पनि माथिल्लो ढोकाबाट प्रवेश गरी कोठामा रहेको टिनको त..बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तीनवटै घरमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरन्डामा राखिएको खाटबाट एक थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला पारेको हो।
प्रहरीले बरामद गरेको पेस्तोललाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित व्यक्तिको पहिचान तथा चोरी र हतियारबीचको सम्बन्धबारे थप अनुसन्धान अघि जनाएको छ।
एकै स्थानका तीन घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा पेस्तोल बरामद भएपछि घटनाले थप सुरक्षा चासोसमेत बढाएको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा बरामद हतियारको स्रोत र प्रयोगबारे अनुसन्धान गरिरहेको जनाएको छ।





