कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

वीरगञ्ज ४ असोज 

कायस्थ समुदायबीच खेलकुदको विकास, आपसी एकता, भाइचारा तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह वीरगञ्जस्थित होटल वृन्दावन मा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता कायस्थ प्रिमियर लिग सिजन–२ का संयोजक श्री नितेश कुमार दासले गर्नुभएको थियो। समारोहका प्रमुख अतिथि चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष श्री महेश दास तथा विशेष अतिथि चित्रगुप्त युवा समितिका अध्यक्ष श्री राजन श्रीवास्तव रहनुभएको थियो।

उक्त कार्यक्रममा KPL कोर कमिटीका सम्पूर्ण सदस्यहरू, सहभागी आठवटै टोलीका कप्तान तथा उपकप्तानहरू, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको प्रमुख आकर्षणका रूपमा आयोजित खेलाडी अक्सन प्रक्रियामार्फत कुल ८८ जना खेलाडीहरू सफलतापूर्वक विभिन्न टोलीमा आबद्ध भएका छन्। अक्सन प्रक्रियाले प्रतियोगिताप्रति खेलाडी, टोली व्यवस्थापन तथा समर्थकहरूमा थप उत्साह र आकर्षण सिर्जना गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले KPL सिजन–२ ले समुदायका युवाहरूलाई खेल प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नुका साथै कायस्थ समुदायभित्रको एकता, सद्भाव र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

यसै अवसरमा आयोजक समितिले कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ आगामी २०८३ कार्तिक २३ र २४ गते वीरगञ्जको आदर्शनगर खेल मैदानमा आयोजना हुने जानकारी गराएको छ। प्रतियोगितामा आठवटा टोलीबीच प्रतिस्पर्धात्मक तथा रोमाञ्चक क्रिकेट खेलहरू सञ्चालन हुनेछन्।

आयोजक समितिले कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण अतिथिहरू, कोर कमिटी सदस्यहरू, टोलीका पदाधिकारीहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विशेष रूपमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने श्री चन्दन श्रीवास्तव, श्री कृष्णा श्रीवास्तव, श्री चन्दन कुमार श्रीवास्तव, श्री प्रेम श्रीवास्तव तथा श्री मिहिर कुमार कर्ण प्रति आयोजक समिति विशेष धन्यवाद ज्ञापन गर्दछ।

कायस्थ प्रिमियर लिग सिजन–२ लाई सफल, व्यवस्थित तथा स्मरणीय बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा आयोजक समितिले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।