बिरगंजवाशीको समृद्धि हेतु सनातन हिन्दू मोर्चा द्वारा पुजापाठ,महानगरको सबै वडाहरूमा प्रभारी चयन
बिरगंजवाशीको समृद्धि हेतु सनातन हिन्दू मोर्चा द्वारा पुजापाठ,महानगरको सबै वडाहरूमा प्रभारी चयन

वीरगंज ६ असोज
वीरगञ्जवाशीको सुख, शान्ति, समृद्धि र नागरिकको जीवन रक्षाको लागी सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समिति द्वारा आज एतिहासीक शक्तिपिठ श्री गहवा माई मन्दिरमा सामूहिक पूजापाठ गरियो।
साथै महानगरपालिका भित्र रहेको ३२ वटै वडाहरूमा संगठन विस्तार र धार्मिक सामाजिक कार्य लाई गति दिन् वडा प्रभारी चयन गरीएको छ। सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको अगुवाईमा भएको पूजापाठ कार्यक्रमका सनातन हिन्दू मोर्चाको केन्द्रिय अध्यक्ष सन्तोषानन्द महाराज, केन्द्रिय उपाध्यक्ष सुवाश शाही, केन्द्रिय कोषाध्यक्ष अधिवक्ता बिनोद प्रसाद कुर्मी, केन्द्रिय सदस्यहरु भुपेन्द्र पौडेल, योगेन्द्र प्रसाद कलवार, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, महामन्त्री प्रमोद शर्मा, वीरगञ्ज महानगर समितिका मन्त्री दिपक साह, काेषाध्यक्ष राजु साह तेली, नगर सदस्य सुमित प्रजापति, हिन्दूवादी अगुवा अरविन्द साह लगाएत श्री गहवा माई मन्दिरको पुजारीहरूको समेत सहभागिता रहेको थियो।
सनातन हिन्दू मोर्चाले वीरगञ्ज महानगरपालिका भित्र रहेका ३२ वडाका प्रभारीहरू क्रमशः १दिपक साह,२ जगदिश सराफ, ३ राधेश्याम सराफ,४अभिनाश वर्नवाल,५सुरज पटेल,६विकाश सराफ,७ विशाल रायमाझी,८सन्दिप साह कानु,९धिरज महर्जन,१० राजकुमार गुप्ता,११ गायनेद्र महतो,१२ बिनोद कुशवाहा,१३विजय यादव,१४मुकेश पटेल,१५ राजदेव साह तुरहा,१६रमेश साह कानु,१७ अशोक पटेल,१८दिनेश गुप्ता,१९श्यामसुन्दर कलवार,२० सुबास सिंह,२१ विशाल पटेल,२२ बालकिशोर राम,२३ अशोक गुप्ता,२४ मनोज पटेल,२५ दिनेश पटेल, २६ अखलेश पटेल,२७नन्दलाल मण्डल,२८ सन्दिप साह,२९ मुक्ति यादव,३०उमाशंकर यादव,३१ वसन्त चौधरी,३२गोविन्द साह रहेका छन्।
सनातन हिन्दू मोर्चाको मूल उद्देश्य धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड्ने तथा हिमाल पहाड तराई मधेस सबै अटाउने परिवार निमार्ण गरी राष्ट्र, सनातन धर्म, समृद्धि प्रति पुर्ण रुपमा समर्पीत हुनेछ।साथै मोर्चाको उद्देश्य मिल्ने कार्य गर्ने समूह संस्था अभियान लाई पुर्ण रुपमा साथ सहयाेग समर्थन रहने छ।





