क्रिप्टो र हुण्डीमार्फत् करोडौँ रकम विदेश ओसारेको आरोप

क्रिप्टो र हुण्डीमार्फत् करोडौँ रकम विदेश ओसारेको आरोप

काठमाडौं ४ मंसिर

प्रतिबन्धित क्रिप्टोकरेन्सी तथा हुण्डी कारोबारमार्फत् करोडौँ रकम विदेश पुर्याएको आरोपमा वीरगंजका एक युवाविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

पर्साको विरगञ्ज महानगरपालिका-२० हरपतगञ्ज घर भएका भेष चौरसियामाथि यस्तो आरोप लागेको हो । नेपालबाट गैरकानुनी ढंगले रकम विदेश ओसारेको दाबीसहित ‘देशभक्त नागरिक’ को तर्फबाट परेको उजुरीमा छानविनको माग गरिएको छ ।

उजुरकर्ताले प्राप्त सूचनाको हवाला दिँदै चौरासियाले नेपालमै बसेर अवैध क्रिप्टोकरेन्सी तथा विदेशी मुद्रा ट्रेडिङ सम्बन्धी कारोबार गरेर दुबईमा तीन वटा घर किनेको दाबीसमेत गरेका छन् । उजुरीमा उनको आर्थिक पृष्ठभूमि र वैध आयस्रोतको तुलनामा दुबईमा रहेको सम्पत्ति अस्वाभाविक देखिएकाले रकमको स्रोत अनुसन्धान गर्न माग गरिएको छ ।

३७९२ दर्ता नम्बर रहेको उजुरीमा भनिएको छ, ‘निजको दुबईमा तीनवटा महल रहेको भन्ने सूचना प्राप्त भएको छ, निजको आर्थिक पृष्ठभूमि र वैध आयस्रोतको तुलनामा उक्त सम्पत्ति कसरी आर्जन भयो भन्ने विषयमा छानविन आवश्यक देखिन्छ, उक्त सम्पत्तिको खरिद रकमको स्रोत जाँच गरियोस् ।’

चौरसियाले कारोबारका लागि अनिश कुमार साह र उज्ज्वल साहको बैंक खाता प्रयोग गर्दै आएको समेत उजुरकर्ताको दाबी छ । त्यस्तै, अष्ट्रेलियाबाट नेपालमा रकम भित्र्याउन अन्य व्यक्तिहरूको समेत बैंक खाता प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ ।

उजुरीमा चौरसियाको विगतको आपराधिक पृष्ठभूमि सम्बन्धी विवरणसमेत उल्लेख गरिएको छ । जनाइएअनुसार सन् २०१७ मा अष्ट्रेलिया पुगेका उनी अपांगता इन्सुरेन्स सम्बन्धी ठगीमा पक्राउ परेपछि सन् २०२४ मा डिर्पोट भएका थिए । उनका भाइ सुनिल र बाबु रघुनाथ विगतमा लागुऔषध सम्बन्धी कसूरमा दोषी ठहर भएको सन्दर्भ उजुरीमा खुलाइएको छ ।

नेपाल फर्किएपछि सत्ता निकटका व्यक्तिहरुलाई प्रलोभनमा पारेर उनले हुण्डीको सञ्जाल फैलाएको उजुरीमा दाबी गरिएको छ । संभार: जन आस्था 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।