विष्णुपुरमा दलित अधिकार सुनिश्चिततासम्बन्धी विधेयक हस्तान्तरण, कार्यान्वयनलाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता

विष्णुपुरमा दलित अधिकार सुनिश्चिततासम्बन्धी विधेयक हस्तान्तरण, कार्यान्वयनलाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता

सप्तरी, विष्णुपुर ३ मंसिर 

प्रस्तावित विधेयकले दलित समुदायमाथि विद्यमान जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्करण तथा अवसरबाट वञ्चित गराउने प्रवृत्तिको अन्त्य गर्दै समानता, समावेशिता, सामाजिक न्याय र सम्मानजनक जीवनयापनको आधार तयार गर्ने लक्ष्य राखेको छ।

पीडित उत्थान युवा क्लबले जनप्रतिनिधिहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई आगामी नीतिगत पैरवीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। क्लबले विधेयकलाई छलफल र प्रतिबद्धतामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गराउन वर्तमान तथा भावी जनप्रतिनिधिसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

दलित समुदायको अधिकार संरक्षण र सुनिश्चितताका लागि स्थानीय सरकारलाई थप जवाफदेही बनाउने उद्देश्यले गरिएको यो पहललाई विष्णुपुर गाउँपालिकामा समावेशी शासन, सामाजिक न्याय र विभेदमुक्त समाज निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।