प्रगतिशील युवा क्लबको २६ औँ वार्षिकोत्सवमा ५१ जना द्वारा रक्तदान

प्रगतिशील युवा क्लबको २६ औँ वार्षिकोत्सवमा ५१ जना द्वारा रक्तदान

वीरगञ्ज ५ मंसिर

वीरगञ्ज महानगरपालिका वडा नं १५ स्युथित प्रगतिशील युवा क्लब को २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। क्लबका अध्यक्ष ईश्वर चन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रमेश यादव विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले क्लबको उत्तरोत्तर प्रगति र सामाजिक क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा ईश्वर चन्द्र यादव, राकेश पटेल, पवन ठाकुर, नवीन पटेल, वासिम अहमद, आदर्श साह, भगवान यादव, राजेश यादव, पानालाल यादव, अनिल साह कानु, सुशील यादव, शिव शम्भु यादव, हरिकिशोर यादव, अनिल साह सोनार, अर्जुन यादव, अलिसेर राय, संगम यादव, पप्पु यादव, अर्जुन साह, सन्तोष ठाकुर, यश यादव, राज सर्राफ, दिपलाल साह कानु र राजेश साहलगायत ५१ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमको मुख्य सहयोगी संस्थाका रूपमा सहयोगी लुगा ट्रेडर्स तथा उत्सव फुटवेयर रहेका थिए। रक्तदान जीवनदान भन्ने सन्देशसहित आयोजित कार्यक्रमले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र परोपकारको भावनालाई प्रोत्साहन गरेको आयोजकले जनाएको छ।क्लबले आफ्नो २६ औँ वार्षिकोत्सव लाई सामाजिक सेवासँग जोड्दै रक्तदान जस्ता मानवीय कार्यलाई प्राथमिकता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।