पर्सा गढीनगरपालिका वडा नं ५ मा ५२ परिवार लाई खाद्यान्न सामाग्री वितरण

वीरगञ्ज १० फागुन

पर्सा गढीनगरपालिका वडा नं ५,६,७ मा रहेको मुसहर,तात्वा,डोम, परिवार लाई गैर सरकारी संस्था असमान नेपाल स्ट्रीट चाइल्ड नेपाल र जावास सस्थाको सहयोगमा खाद्यान्न सामाग्री सहयोग गरेको छ।

सो वडा का वडा अध्यक्ष असलम आलम को अध्यक्षता मा मुसहर,तात्वा,डोम परिवार लाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ। छाक टार्न समस्या देखापरे पछि असमान नेपाल ले ५२ परिवार लाई खाद्य सामाग्री सहयोग गरेको छ।

 

सो संस्थाले प्रति परिवार चामल २५ किलो, नुन ३ किलो,मास दाल ३ किलो, मसुरो दाल २ किलो, खाने तेल ३ किलो,चाना २ किलो गरी ५२ परिवार लाई खाद्यन्न सामाग्री सहयोग गरेको छ।

सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा असमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया,जवासका शिवनाथ यादव को उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका का उपमेयर अर्चना चौधरी को विषेश उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका वडा नं ५ का दलित महिला वडा सदस्य सतिया देवी,वडा सदस्य योगेन्द्र साह सैनुलाह मियाँ,लाल बाबु पण्डित, मात्रिक मंडल रमेश यादव लगायतका उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।