पाकिस्तानको बाल्टिस्तानमा आतंककारी हमला ८ को मृत्यु २६ घाईते

एजेन्सी – “पाकिस्तान प्रशासित कश्मीरको गिलगिट-बाल्टिस्तानमा आतंकवादीहरूले एक यात्रु बसमा आक्रमण गरेका छ्न । हमलामा ८ जनाको मृत्यु भयो, जबकि २६ जना घाइते भएको बताइएको छ।
बस गिलगितबाट रावलपिंडी जाँदै गरेको प्रहरीले जनाएको छ । त्यसपछि साँझ साढे ६ बजेतिर आतंककारीहरूले अन्धाधुन्ध गोलीबारी गर्न थाले। आक्रमणपछि चालकले नियन्त्रण गुमाएको र अगाडिबाट आएको ट्रकसँग बस ठोक्किएको अधिकारीले बताए ।
चिलासका उपायुक्त आरिफ अहमदले आक्रमणमा मारिएका आठ जनामध्ये अहिलेसम्म पाँच जनाको पहिचान भइसकेको बताए । अरु २६ जना घाइते भएको र नजिकैको अस्पतालमा लगिएको उनले बताए । मृत्यु हुनेमा बसमा सवार दुई सैनिक पनि रहेका छन् । आतंकवादी हमलामा विशेष सुरक्षा इकाईका एक सुरक्षाकर्मी घाइते भएका छन् ।”






