१८ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज दीप प्रज्वलन

१८ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज दीप प्रज्वलन

वीरगञ्ज १५ पर्सा
१८ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा उप–प्रमुख श्री इम्तियाज आलमज्यूले विशेष सहभागिता जनाउँदै दीप प्रज्वलन गर्नुभयो।

शुभकामना, राष्ट्रिय एकता र गणतन्त्रको सम्मानमा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाहरू तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उप–प्रमुख आलमज्यूले गणतन्त्रले दिएको नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताहरूको संरक्षण तथा संवर्द्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो।

दीप प्रज्वलन कार्यक्रमले राष्ट्रिय गौरव, समावेशिता, सहिष्णुता र लोकतन्त्रप्रतिको सम्मान झल्काएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमको समापन राष्ट्रगान गाएर तथा सामूहिक दीप प्रज्वलनमार्फत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।