भारतीय नागरिक अतिश तुलस्यानको पनि दोहोरो नागरिकता लिन सफल प्रशासन मौन 

वीरगञ्ज, ४ भदौ

नेपाल भारत दुबै देशमा बसेर आफ्नो कालो धन लुकाउन नेपाली नागरिक बनेर बसेको खुलासा भएको छ। छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको वीरगञ्जमा दोहोरो नागरिकता लिएकाहरुको बिगविगी छ । पर्सामा द्वैध नागरिक बनेर राजस्व छली गरी अकुत सम्पती आर्जन गर्नेहरुको संख्या औँलामा गनेर साध्य छैन । गैरनागरिकहरुको बिगबिगीमा वीरगञ्जमा अँझै १ जना थपिएका छन् । व्यापारिक नगरी वीरगञ्जलाई मुल कर्मथलो बनाएका रामकृष्ण तुलस्यान भारतको पूर्वी चम्पारण जिल्ला चकिया बिहारका बासिन्दा हुन् ।

रोजगारको सिलसिलामा बिहारबाट वीरगञ्ज आएका तुलस्यान वीरगञ्जको गोश्वारा रोडमा बिउ बिजन विक्रि गर्ने गरेका थिए । वीरगञ्जकै २ नम्बर रोड निवासी पशुपतिलाल केडियाकी छोरी प्रभा केडियासँग वैवाहिक बन्धनमा बाँधिएका तुलस्यानले जयकिसान सिड सेन्टर नामक पसल सञ्चालन गरेका थिए ।

भारतीय नागरिक तुलस्यान र नेपाली नागरिक केडियाको कोखबाट जन्मिएका अतिश तुलस्यानले दोहोरो नागरिकता लिएको प्रकाशमा आएको छ । भारत र नेपालको नागरिकता लिएका उनले नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्वमा ठगी गरेको प्रमाणित भएको छ । वंशज नागरिक रहेकी प्रभा केडियाको समेत भारत बिहारको मतदाता सूचीमा नाम रहेको खुलेको छ ।

दोहोरो नागरिकताको विषयमा अतिशले शुरुमा अस्विकार गरेपनि पछि यस्तो अवस्थाको सामना गर्ने ज्ञान आफुलाई भएको बताउँदै गैरजिम्मेवार प्रतिक्रिया दिएका छन् । तुलस्यान एउटा प्रतिनीधिमुलक पात्र मात्रै हुन् ।

यस्तै दोहोरो नागरिकता लिएर सरकारको राजश्वमा छली गर्नेहरुको अनुसन्धान र अनुगमन गर्ने निकायहरु भने मौन छन् । यसर्थ यथाशीघ्र यस्ता व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने आवश्यक्ता खट्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।