नेकपा एमाले को वडा भेला सम्पन्न

वीरगञ्ज ११ गते
नेकपा एमाले को वडा कमिटी आज एक समारोह का बिच बहुदरमाई नगरपालिका वडा न.६ गम्हरियामा गठन भएको छ।
पार्टीका नगर अध्यक्ष प्रमोद कुशवाहा ज्युको अध्यक्षता एवम नेकपा एमाले का नेता शिव पटेल ज्युको प्रमुख आतिथ्यमा आयोजित वडा भेलाले ध्रुब साह ज्यु को अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्ष रामेश्वर मह्तो, सचिव अनिल कुशवाहा,सह सचिव मुक्तिनारायण कानु रहनु भएको छ।
नेकपा एमाले का नगर सदस्य उमेश साह ले संचालन गर्नु भएको सो भेलामा प्रमुख अतिथी शिव पटेल, बुधीजिवि नेता रमेश प्रसाद साह,नेकपा एमाले का जिल्ला सदस्यद्वय पुरन प्रसाद कुर्मी, बहुदरमाइ नपा-६ का वडा अध्यक्ष केदार तिवारी,कृष्ण यादव, रामबाबु साह, सुर्य प्रसाद कलवार लगायत ले सम्बोधन गरेका थिए ।






