विदेशी नागरिक आमिरकाे नागरिकता बनाउन पुर्ववडाध्यक्ष फत्तेमाेहम्मदकाे सिफारिस

कपिलवस्तु । गैर नेपालीलाई नागरिकता दिलाएको आरोपमा कपिलवस्तुको मायादेवी गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष फते माेहम्मद मुसलमान पक्राउ परेका छन्।

भारतीय नागरिकलाई नेपाली नागरिक सिफारिस गरी नागरिकता बनाई दिएको आरोपमा उनी पक्राउ परेका हुन्। फत्ते माेहम्मदले भारतीय नागरिक मोहम्मद अमिर फकिरलाई नागरिकताका लागि सिफारिस गरेका थिए। २०७८ माघ १२ गते जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरा स्थायी ठेगाना राखी अमिरले नेपाली नागरिकता लिएका थिए।

सोही नागरिकताका आधारमा फकिरले तत्कालै दुर्त सेवाको राहदानी लिएका थिए। बैदेशिक रोजगारीका लागि मलेसिया जाने क्रममा अध्यागमन कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन साताअघि नियन्त्रणमा लिएको प्रजिअ धर्मेन्दु कुमार मिश्रले बताए। अध्यगमन विभागले उनलाई नियन्त्रणमा लिई नागरिकता छानबिनकालागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो।

प्रजिअ मिश्रले उनको नागरिकता छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो। भारतीय नागरिकलाई झुटो विवरणमा सिफारिस गरको वडाध्यक्षलाई पक्राउ गरीएको प्रहरी नायब निरीक्षक मीन बहादुर घलले बताए। पुर्व वडाअध्यक्ष फते मोहम्मदलाई नियन्त्रणमा लिई नेपाल नागरिकता सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धानका लागि कपिलवस्तु अदालतबाट तीन दिनको म्याद थप उनले बताए।

पक्राउ परेका पुर्व वडाअध्यक्ष फते मोहम्मदले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मायादेवी गाँउपालिका वडा नम्बर ४ को वडाअध्यक्षको निर्वाचन जितेका थिए। २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट वडा अध्यक्षका उम्मेदवार रहेका उनी निर्वाचनमा पराजित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।