महानगर अध्यक्ष अन्सारीमाथि कारबाही नहुने

वीरगञ्ज २ बैशाख

नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीलाई कारबाही नहुने भएको छ। नेकपा माओवादी केन्द्रको जिल्ला कमिटीले बुधबार अन्सारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रका मधेस इञ्चार्ज गणेश साहका अनुसार जिल्ला कमिटीले कारबाहीको लागि सिफारिसमात्रै गर्न सक्ने भएकाले त्यसबारे छानबिन भइरहेको छ।

घटनाबारे छानबिन भइरेहको भन्दै जिल्ला कमिटीले कारबाही गर्न नसक्ने उनले बताए। घटनामा अन्सारीको संलग्नता नदेखिएको भन्दै मधेस प्रदेशको पार्टी कार्यालय तोडफोडमा संलग्नलाई मात्रै कारबाही हुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।