नेपालको लागी नेपाली पार्टीको मधेस प्रदेश समिति गठन

जनकपुरधाम ३१असार

नेपालको लागी नेपाली पार्टी मधेस प्रदेश समिति गठन भएको छ।

रामानंद चौकमा रहेको होटल सिटी प्यालेसमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाले शत्रुधन प्रसाद साहको अध्यक्षता २१ सदस्सीय गठित समीतिको प्रदेश उपाध्यक्षमा गौरीशंकर साह, मुना गुप्ता, सचिवमा रामअशीष पासवान, सह सचिव श्रीगणेश शर्मा, रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस दुबेदी, प्रबक्ता महेन्द्र मण्डल, कार्य समिति सदस्यहरु विजय यादव, चन्दन गुप्ता, उमेश यादव, संतोष साह, शिवानंद साह, बिनोद यादव, सुरेश साह कानू, उषा कुमारी यादव, विभा साह, रामस्वरूप साह, दिनेश महासेठ सहित रहेका छन।

पार्टिका सर्वोच्च नेता सुशील चंद्र अधिकारीको प्रमुख आतिथ्यमा र केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराजको विशिष्ठ आतिथ्यमा सम्पन भएको थियो।

कार्यक्रममा पार्टिका केन्उद्रीय पाध्यक्ष पिंकी महासेठ, महामंत्री दीपक महाराज आत्रेय, केन्द्रीय सदस्यहरु अधिवक्ता बिनोद कुर्मी, राजकुमार साह, बैजनाथ साह, बंशराज साह,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, धनुषा जिल्ला अध्यक्ष दीपनारायण साह,महोतरी जिल्ला अध्यक्ष उग्रानंद झा, सरलाही जिल्ला अध्यक्ष बिरबहादुर तामाग, रौतहट जिल्ला अध्यक्ष जयलाल साह लगाएतकाले सम्बोधन गरेका थीए।

केन्द्रीय सद्स्य श्रवाण आचार्यले सहजीकरन र केन्द्रीय सद्स्य बिरबहादुर तमागले स्वागत मन्तब व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।