भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र माओवादी नेताहरूबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेताहरूले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्।

भाजपाको नयाँ दिल्लीस्थित पार्टी कार्यालयमा उनीहरूबीच छलफल भएको हो। भाजपालाई जान्नुस् (Know BJP)’ अभियानअन्तर्गत भएको छलफलमा माओवादी नेताहरूलाई भाजपाको आगामी कार्यदिशाबारे जानकारी गराइएको थियो। ‘यो हाम्रो पार्टीको विश्वव्यापी समुदायमा पहुँच र हाम्रो पार्टीको विचारधारा र पहलहरू उनीहरूसँग साझा गर्ने निरन्तरता हो,’ नड्डाले ट्वीटरमा लेखेका छन्।

भाजपाको निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका थिए। ६ दिने भ्रमणका क्रममा माओवादी नेताहरू दुई दिन उत्तराखण्डको समेत भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ मुख्यमन्त्री पुष्करसिंह धामीसँग छलफल हुने भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालाले जानकारी दिएका छन्।

माओवादी टोलीले उत्तराखण्डमा पनि भाजपाका नेता तथा राज्य पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। भारतीय जनता पार्टीको ४३औं स्थापना दिवसमाको अवसरमा अध्यक्ष नड्डाले छिमेकी देशका सत्तारुढ दलहरूलाई बोलाएर यो अभियान सञ्चालन गरेका हुन्। अन्नपूर्णपोस्ट

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।