सामाजिक सद्भाव जरुरी

राजेश महताे, बारा कलैया

समाजमा सदभाव रहन्छ । त्यो सदभावलाई विथोल्ने प्रयास हुन्छ । किनभने समाज एक व्यक्तिले बनेको हुदैन । समाज एक परिवारको हुदैन । एक धर्मको हुदैन । सौभाग्यले हामे देश बहुसाँस्कृतिक, बहुराष्ट्रिय, बहुधार्मिक , बहुभाषिक देश हो । २०७२को संविधानले समावेशितालाई समेत समावेश गरेको छ । समाजमा विभिन्न जातजाति छन् । यति धेरै विविधता विच केही मतभिन्नता रहनु स्वभाविक नै हो । परिवारमा समेत मतभेद हुन्छ । सबै किसिमको मतभेदको उपचार शान्तिपूर्ण एवम वार्ताद्वारा हुनुपर्दछ ।

विगत केही समय देखि देशको विभिन्न ठाउँमा सामाजिक मतभिन्नता हिंसाबाट उजागर हुने गरेको छ । एक समुदायले निकालेको जुलुश माथि ढुंगा प्रहार हुन्छ । एक समुदाय आक्रामक भइ दिन्छ । त्यसपछि अर्को समुदायले प्रतिक्रिया दिन्छ । मानिसहरु घाइते हुन्छन् । सम्पतिमा क्षति पुग्छ । स्थानीय प्रशासन निषेधाज्ञा जारी गर्न समेत गर्न बाध्य हुन्छ । सुसुप्त रहेको यो विषय विगत केही वर्ष देखि समाजमा उजागर हुन थालेको छ ।

भित्र भित्रै घाउँको रुपमा रहेको सद्भाव विथोलिने क्रम हरेक वर्ष दोहरिदै गएको छ । यो एक प्रकारले विनाशक संकेत हो । बारा जिल्लामा समेत छठमा व्यक्तिको हत्या भएको घटना छ । धेरै घटनाले समाजमा असर परिरहेको छ । व्यक्ति एक घटनाबाट अर्को घटनामा उत्तेजित भएर आइरहेको देखिन्छ । घटना मलंगवामा हुन्छ । तनाव वीरगञ्जमा देखिन्छ । मलंगवामा समेत तनाव रहन्छ । यी घटनाहरु प्रवृतिको रुपमा रहेको छ ।

सामाजिक सद्भाव यस्को लागि आवश्यक रहेको छ । सामाजिक सद्भाव भएमा यस्तो घटना विस्तारित हुदैन ।एक ठाउँको घटना अर्को ठाउँमा गएर विकराल रुपमा लिन पाउँदैन । सामाजिक सद्भावको साथै समाजमा एक अर्काप्रति सम्मान रहन आवश्यक रहेको छ । एक अर्काप्रति सम्मान रहेमा मात्र यस्तो घटनामा कमी आउँछ ।

सामाजिक सद्भाव विथोलिने क्रम एक अर्काप्रति दख्खल नदिएमा रोकिन्छ ।सबैले एक अर्कालाई सम्मान गर्न सिक्नुपर्छ ।सामाजिक सौहाद्रता हटेमा देशको विकास हुदैन । समाजको विकास हुदैन । यसैले सामाजिक सद्भाव विथोल्नेलाई कानुन बमोजिम नियन्त्रणमा लिनुपर्छ । कारवाही गर्न सक्नुपर्छ । सामाजिक सद्भाव विथोल्नेलाई यसै छाडेमा यस्तो सद्भाव विथोल्नेहरु प्रोत्साहित हुन्छन्। यता पट्टि समेत विशेष ध्यान दिनुपर्छ । सामाजिक सद्भाव नभएमा देश अगाडी बढन सक्दैन । देशमा शान्ति तथा सम्बृद्धिलाई प्रभाव पार्न हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।