सविधानसभा सदस्य रुङ्टा द्वारा बौधी माई बिराट दंगल “कुस्ती” प्रतियोगिताको उद्घाटन 

वीरगञ्ज ५ कार्तिक

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ नगवामा बौधीमाई महानवमी मेला २०८० तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि रहेका सविधानसभा सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले आज रिबन काटी मेला तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उदघाटन गरेका छन । सो अवसरमा उनले प्रमुख अतिथि रहेका अनिल रुङ्टा पहिलो कुस्ती कर्ताहरु को हात मिलाएर बिराट कुस्ती दंगल प्रतियोगिताको उदघाटन गरेका थिए। साथै कुस्ती कर्ताहरु लाइ देश बिदेशमा नाम उच्च बनाउन तथा आफनो कुस्तीलाई अझ राम्रो ढङ्गले प्रस्तुत गर्न शुभकामना समेत व्यक्त गरेका थिए ।

त्यस्तै विशिष्ट अतिथिका रुपमा रहेका नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले कुस्ती खेलले युवाहरूमा सामूहिक भावना र सकारात्मक सोचको विकास गर्छ। कुस्ती खेलाडीहरूले लामो समयसम्म सरकारी संरक्षण नपाएको कारण यो खेल लोप हुँदै गएको बताए। मेलाको बेला आयोजकले दिने पुरस्कारको सिमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिस बाहेक आम्दानीको अर्को स्रोत नरहेको कारण यस खेल प्रती रुचि घटेको छ।

त्यस्तै विशिष्ट अतिथी  बिरगंज महानगरपालिका का उपमेयर तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलमले कुस्ती दक्षिण एसियामा प्राचिनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल रहेको छ। कुस्तीमार्फत मधेशले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुदमा आफ्नो परिचय दिईरहेको छ। दक्षिण एसियामा कुस्तीको इतिहासलाई हेर्दा नेपालबाट नै सुरु भएको मानिन्छ। तर,नतिजाका हिसाबले कुस्तीबाट नेपालको प्रर्दशन बिर्सनलायक छ ।

सो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति मोहम्मद साह्बुदिन,क्षेत्र नं.१ का सभापति अनिल सिंह,युवा नेता सन्तोष सिंह,हरिन्द्र यादव,मिन्टु सिंह,बाबुनन्द पटेल,रामनिवाश यादव,उपमेयरका स्वकीय सचिव शेष हजरा,नेपाली कांग्रेस बाराका उप-सभापति अमिरी पाल,स्वयंसेवकहरु लगायत स्थानिय नेता तथा अगुवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।