चीन– इजरायलसँग आत्मरक्षाको अधिकार छ तर उनीहरुको प्रतिक्रिया आत्मरक्षाभन्दा बढी भइरहेछ

चीनका विदेशमन्त्रीले इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार भएको बताएका छन् तर इजरायलले नागरिकको सुरक्षा र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने पनि बताएएका छन् ।

विदेशमन्त्री वाङ यीले इजरायलका विदेशमन्त्री एली कोहेनसँग हमास र इजरायलबीच चलिरहेको द्वन्द्वबारे पहिलो पटक फोनमा कुरा गरेका छन् ।

चीनले जारी गरेको आधिकारिक विज्ञप्तिमा वाङ यीले एली कोहेनलाई भनेका छन् कि इजरायलले आफ्नो सुरक्षा गर्दै अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्छ ।

चिनियाँ विदेशमन्त्रीले प्यालेस्टाइनका विदेशमन्त्री रियाद अल–मालिकीसँग पनि कुरा गरेका छन् । उनले गाजाका जनताप्रति चीनको गहिरो सहानुभूति व्यक्त गरे ।

वाङ यी आगामी केही समयमै अमेरिका भ्रमणमा जाँदैछन् । यसअघि इजरायलको गाजा क्षेत्रमा भइरहेको बमबारीका सम्बन्धमा चीनले इजरायलसँग आत्मरक्षाको अधिकार भएता पनि गाजामा भइरहेको प्रतिक्रिया  ‘आत्मरक्षाभन्दा बढी’ भएको बताएको थियो । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।