चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचारमा जाने वीरगन्जका मेयर सिंहको चेतावनी

चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचारमा जाने वीरगन्जका मेयर सिंहको चेतावनी

  1. वीरगन्ज १२ कार्तिक
  2. वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अमूक महिलासँगको सम्बन्धलाई लिएर मिडियाबाजी भएपछि उनले सामाजिक संजालबाट प्रतिवाद गरेका छन् । अर्की महिलासँगको ‘अफेयर’ को समाचार भाइरल भएपछि उनले चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचारमा जाने बताएका छन् ।
  3. मेयरको अफेयरबारे सामाजिक सञ्जाल फेसबुकमा विभिन्न लिंकहरु भाइरल गरेपछि मेयर सिंहको सचिवालयले सुरुमा खण्डन गरेको थियो । त्यसपछि साँझ मेयर आफैंले कानूनी उपचार खोज्ने भन्दै आफूमाथिको आरोपको खण्डन गरेका हुन् ।
  4. सामाजिक सञ्जालमा आफ्नो बारेमा गलत समाचार फैलिरहेको बारे आफू जानकार रहेको भन्दै मेयर सिंहले केही व्यक्ति र पत्रकारहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको बताएका छन् ।
  5. उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर व्यक्तिगत रिस निकाल्न केही व्यक्ति मेरोविरुद्ध भ्रम फैलाइरहेका छन ।
  6. विकास र समृद्धिको बाटोमा लैजान मेरो एकमात्र उद्देश्य र काममा अवरोध गरी विभिन्न उल्झनमा अल्झाउँदै, समय बर्बाद पार्दै अन्ततः फेल गर्ने प्रेरित व्यक्तिहरु यो कार्यमा सक्रिय रहेको मेरो बुझाइ छ ।
  7. विपक्षीहरु, केही संकुचित मानसिकताका पत्रकारहरुले जतिसुकै हतकन्डा अपनाए पनि यो सपना सकार हुने छैन, त्यसकारण भ्रामक र काल्पनीय विषयबाट विल्कुलै विचलित हुने छैन । सम्भावनालाई सम्भव बनाउँने हाम्रो यात्रा निरन्तर जारी रहनेछ ।’
  8. प्रदेश पोर्टलले शुरुमा मेयरबारे लेखेको काल्पनिक स्टोरीलाई नै अहिले भाइरल बनाइएको भन्दै सचिवालयका सदस्यहरुले चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचार खोजिने जनाएको छ । उनलाई मोरङकी एक महिलासँग जोडेर चरित्रहत्या गर्न खोजिएको भनाइ छ । सभार:-नेपाल प्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।