अभियानले भन्यो चिनियाँ विस्तारवाद , जिहादी आतंकवादको बिरुद्धको शुभकामना आदानप्रदान

जनकपुर – चिनियाँ विस्तारवाद , जिहादी आतंकवादको बिरुद्ध र संघिय हिन्दू गणतंत्र स्थापनाका लागी राष्ट्रिय एकता अभियान द्वारा शुभकामना आदानप्रदान । जनकपुरमा राष्ट्रिय एकता अभियानले आयोजनामा गरेको दीपावली तथा छठ महापर्व को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। शुभकामना अदान प्रदान कार्यक्रमको अध्यक्षता मनीष हिन्दू रहेको थियोे । मनतव्य अभियान का वरिष्ठ नेता एबं संबिधान सभा सदस्य बिपी यादव , सन्जिव झा , बिकास झा लगाएत नेता , कार्यकर्ताले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली हिन्दुहरुको महानचाड शुभ दिपावली हर्सोउल्लास का साथ मनाउन सहकार्य हुनु पर्ने बताउनु भयो । नेपालीहरुको दशै पछि ठुलो चाड हो यो सङै भाईटीका र छठ पर्बको महत्त्व का बारेमा शुभकामना आदानप्रदान गर्नु भयो । राष्ट्रिय एकता अभियानले निरन्तर धर्मको बारेमा आवाज उठाउदै आएको छ । देशमा जिहादी आतंकवाद र तराई केन्द्रित चिनियाँ अभियान विरुद्ध आवाज उठाउदै आएको हो । चीनले नेपालको सिमा मिचेको भन्दै पनि अभियानले कडा आपत्ति जनाएको थियोे । ( श्रोत – मेल kr_badiya@yahoo.com बाट 






