स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवा पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवा पक्राउ

वीरगंज१२ मंसिर

सशस्त्र प्रहरी बल नेपालले वीरगंजबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो १ बजेको समयमा वीरगंज-१६ स्थित भन्सार रोडमा सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AR 8101 नं.को मोटर साइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी डिएसपी संगम श्रेष्ठले बताउनु भयो।

पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण रक्सौल -७ अरुवाटोल बस्ने बर्ष २३को उमेश यादव रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।