विश्‍वभर प्रभाव विस्तार गर्ने रणनीतिमा चीन : बिनय यादब

विश्‍वभर प्रभाव विस्तार गर्ने रणनीतिमा चीन : बिनय यादब

विराटनगर २५ पुस

राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादबले चीनले विश्‍वभर आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिक अपनाएको रहेको बताएका छ्न ।

राष्ट्रीय एकता अभियान बिराटनगरद्वारा आयोजित ‘राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल ऱ पोखरा अंतराष्ट्रीय विमानस्थल’ विषयक अंतरक्रिया कार्यक्रम बोल्दै संयोजक यादवले सो कुरा बताएका हुन। चीनले आफ्नो निहित स्वार्थ अन्तर्गत अघि सारेको बेल्ट एण्ड रोड पहलको ऋणजालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फस्दै गएको समेत यादवले थपे ।

उनले भने, “अफ्रिकी मुलुकहरु, श्रीलंका र पाकिस्तान चिनियाँ बेल्ट एण्ड रोड परियोजनाको ऋण जालमा यस अघि नै फसिसकेका छन् भने पछिल्लो समय यस सूचीमा नेपाल पनि थपिएको छ।

चिनियाँ सरकारले प्रस्ताव गरेको ठूलो पूर्वाधार परियोजना बीआरआईले एसिया, युरोप र अफ्रिकालाई सडक, रेलमार्ग, बन्दरगाह र अन्य पूर्वाधार परियोजनाहरूको सञ्जालमार्फत जोड्ने लक्ष्य राखेको भनेपनी यसले सहभागी विकासोन्मुख देशहरूलाई

ऋणको जालमा पारी उनीहरूको स्वाधीनतामाथी हस्तक्षेप गर्ने गरेको यादवको भन्नाई छ।

प्राध्यापक राजेन्द्र गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा संबिधान सभाका सदस्य बिपी यादव अभियानका प्रवक्ता जीवन साह, समाज सेवी अरुण शर्मा, डॉ महादेव भगत, सत्यनारायण साह, आभा फाउंडेशनकी संस्थापिका आभा अनुपमा,बिराटनगरका क्रांतिकारी नेता उमेश यादव लगायतले चीनले ठुला परियोजनाहरू मार्फत साना मुलुकहरुलाई ऋणजाल फसाई रहेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।