प्रगतिशील युवा क्लब द्वारा आयोजित कार्यक्रममा ७९ जनाले गरे रक्तदान 

प्रगतिशील युवा क्लब द्वारा आयोजित कार्यक्रममा ७९ जनाले गरे रक्तदान 

वीरगन्ज,२७माघ

वीरगन्ज -१५ प्रतिमा चाेकमा आयाेजित रक्तदान कार्यक्रममा ७९ जनाले रगत दान गरेका छन्।शनिबार प्रगतिशील युवा क्लबले आयाेजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ७९ जनाले रगत दान गरेका हुन्।

रगत दान गर्नेहरुमा क्लबका अध्यक्ष इश्वरचन्द्र यादव,प्रकाश यादव,अरुण राय,अर्जुन साह,यशाेदा गजुरेल,मुन्ना पटेल,सन्देश सर्राफ,सिकेन्द्र साह,राकेश पटेल,अंगद प्रसाद यादव लगायतका रहेकाे रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ।

क्लबका अध्यक्ष इश्वरचन्द्र यादवकाे अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे प्रमुख आतिथ्यतामा आयाेजित रक्तदान कार्यक्रममा वीरगन्ज-१५ का वडाध्यक्ष रमेश प्रसाद यादवकाेपनि उपस्थिति रहेकाे थियाे ।

क्लबकै भवन परिसरमा भएकाे रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुले प्राविधिक सहयाेग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।