कुर्मी समाजका महिलाहरूद्वारा होली मिलन कार्यक्रम संम्पन्न

कुर्मी समाजका महिलाहरूद्वारा होली मिलन कार्यक्रम संम्पन्न

वीरगञ्ज ९ चैत्र

श्री कुर्मी सशक्तिकरण मञ्च पर्सा वीरगंजका कुर्मी समाज का महिलाहरुको आयोजना मा वीरगंज महानगरपालिका-१३ स्थित वीरगंज स्कूल अफ लव कलेजमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका अध्यक्ष रमिता पटेल ले होली काे शुभकामना दिँदै आफ्नो मन्तव्य व्यक्त गरेकी छिन्।

त्यसै गरी सामाजिक अभियन्ता पिया सिंह कुर्मी ज्यूले पनि होली काे विशेषता बताउँदै शुभकामना व्यक्त गरेकी थिइन् साथै स्वास्थ्यकर्मी स्त्री रोग विषेशज्ञ डा. मञ्जु रोय कुर्मी ज्यूले पनि घर, अस्पताल र सामाजिक कार्य सबै एकै साथ पर्नेमा बाधा र समस्या का बारेमा चर्चा पनि गरेकी थिइन् र सामाजिक कार्यमा हामी महिलाहरुलाई पनि अग्रसर र सक्रिय हुन जरुरी छ भन्ने सन्देश दिएकी हुन।

त्यसैगरी ठाकुर राम बहुमुखी क्याम्पस की प्रध्यापिका आशा पटेल पनि शुभकामना व्यक्त गरेकी हुन् साथै कार्यक्रम मा सहभागी स्वास्थ्यकर्मी डाक्टर मधु गुप्ता कुर्मी ज्यूले पनि आउनेदिनमा आफू स्वास्थ्यकर्मी भएर पनि सामाजिक कार्यमा साथ दिने समर्थन जनाउनु का साथै होली काे शुभकामना पनि व्यक्त गरेकी हुन्।

कार्यक्रम काे बीच मा जब्स क्रू टीम द्वारा नृत्य पनि अतिनै रमणीय भएको कार्यक्रम की अध्यक्ष रमिता पटेल ज्यूले जानकारी गराएकी हुन्।कार्यक्रम मा त्रिचालीस जना महिला काे सहभागिता रहेको थियो भने सो कार्यक्रम मा सामाजिक अभियन्ता पिया सिंह कुर्मी,सुनिता देवी कुर्मी, स्वास्थ्यकर्मी डाक्टर मञ्जु रोय कुर्मी, डाक्टर मधु गुप्ता कुर्मी, प्रध्यापिका आशा पटेल, प्रतिमा पटेल, रिया पटेल,सोरोजा देवी कुर्मी, सुशीला पटेल लगायत अन्य का सहभागिता रहेको थियो।

श्री कुर्मी सशक्तिकरण मञ्च का केन्द्रिय उपाधय्क्ष रमिता पटेल को अध्यक्षतामा कार्यक्रम सम्पन भएको छ l सो कार्यक्रम काे सहजीकरण कवयित्री अस्मिता पटेलले गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।