एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल मधेश प्रदेशको पहिलो गोष्ठी वीरगंजमा सम्पन
एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल मधेश प्रदेशको पहिलो गोष्ठी वीरगंजमा सम्पन

वीरगंज २१ जेष्ठ
एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल मधेश प्रदेशको पहिलो गोष्ठी शनिबार वीरगंज स्थित होटल मकालु मा सम्पन्न भएको छ ।
स्पाइन सर्जन डा. अजय यादवको अध्यक्षतामा भएकाेे गोष्ठीमा मधेश प्रदेशका ८ जिल्लाका करिब १०० भन्दा बढी चिकिस्तक तथा स्पाइन सर्जनिहरुको सहभागिता रहेको थयो ।
कार्यक्रमा चिकित्सकहरुले बिभिन्न प्रकारका सोधपत्र का साथै व्यवाहारिक ज्ञान प्रस्तुत गरेका थिए।
कार्यक्रमका नेतृत्व डा. अजय यादव बिगत ८ वर्षदेखि निरन्तर रूपमा मेरुदण्ड सम्बन्धी सेवा
प्रदान गर्दै आएका छन । यसको साथै डा. यादवले आफ्नै शहर वीरगंजमा य यस रोग सम्बन्धीका बिरामीहरुको शल्यक्रिया तथा वैकल्पिक उपचार गर्दै आएका छन्।
जापानबाट स्पाइन सर्जरी सम्बन्धि फेलोसपि गरे पश्चात डा . यादवले आफ्नो शहर वीरगंजमा बिरामीहरुलाई सेवा गर्ने सोच बनाएर यस सम्बन्धि अध्ययन ,अध्यापन गर्दै यस क्षेत्रमा सक्रिय रुपमा सेवा प्रदान गर्दै आएको डा. यादवले बताए।
कार्यक्रमलाई सफल पार्नका लागि ए. एस. एस. एन को केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सचिव, साइन्टिफिक चेयर तथा केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको थियो। गोष्टी निकै फलदायी र व्यवस्थित बनाएकोमा सहभागी सबै चिकित्सकहरुलाई ए. एस. एस. एन का केन्द्रीय उपाध्यक्ष डा. ब्यापक पौडेलले धन्यबाद दिए ।
कार्यक्रममा केन्द्रीय सचिव डा. सुरज बज्राचार्य, डा गौरव राज ढकालले आफ्ना भनाइहरु राखेका चिए। वीरगंजमा स्पाइन सम्बन्धी समस्या रहेका बिरामीहरुको उपचार गर्दै आएका डा. अजय यादवको नेतृत्वमा उच्चस्तरीय गोष्ठी सम्पन्न भएको यो पहिलो पटक हो यस अर्थमा हामीले इतिहास रचिएको तथा अब आउने दिनमा यस्ता कार्यक्रमहरु अरु जिल्लामा पनि आयोजना गर्ने डा. अजय यादवले जानकारी दिए ।






