कोलेनिकाले प्रधानको नाममा आर्थिक चलखेलको आधारमा खाता खोलेको नगर प्रमुख खातुनको आरोप

कोलेनिकाले प्रधानको नाममा आर्थिक चलखेलको आधारमा खाता खोलेको नगर प्रमुख खातुनको आरोप

जेष्ठ ३२ गते

राैतहट । फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख अम्बेआ खातुनले कोष तथा लेखा नियन्त्रण कार्यालयले पनि भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरेको आरोप लगाएका छन ।
कार्यालय को ताला फुटाएर हजिर भएका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानकाे नाममा खाता नखाेल्न लिखित रुपमा जानकारी गराए पनि सोको वेवास्ता गर्दै प्रधानको नाममा खाता खोलेर भ्रष्टाचार प्रोत्साहित हुने काम भएको नगर प्रमुख खातुनले बताए । राैतहटको प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले समेत समस्या सामाधान नभए सम्म खाता नखाेल्न आग्रह गरेका थिए । सो कार्यको जति सुकै बिरोध भई रहदा समेत कोष लेखा नियन्त्रकले बेवास्ता गरि खाता खोलेकोमा नगर प्रमुख खातुनले बिरोध जनाएकि छन । कोष तथा लेखा नियन्त्रण कार्यालय आर्थिक प्रलोभनमा परेर हतार हतारमा सुरेन्द्र प्रधानको नानमा खाता खोलेको आराेप लगाउदै भ्रष्टाचार भए यसको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयले लिनु पर्ने जिकिर गरेका छन । आफुले नगरपालिकालाई राम्रोसँग सञ्चालनमा ल्याई पुर्याएको मा दुख दिन नियतले पटक पटक सुरेन्द्र प्रधान किन फतुवा विजयपुर आई रहेका छन प्रश्न गरे । आफुले कुनै पनि सर्तमा प्रधानलाई प्रमुख प्रशासकिय अधिकृत नस्विकार गर्ने कुरा कार्यवाहक नगर प्रमुख खातुन ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।