नयाँ पाइपलाईन बिच्छाइएका ठाउँमा चाडै मेलम्चीको पानी बितरण गर्छौँ: मन्त्री यादव

नयाँ पाइपलाईन बिच्छाइएका ठाउँमा चाडै मेलम्चीको पानी बितरण गर्छौँ: मन्त्री यादव

काठमाडौँ, २१ पुस

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाईनहरु बिच्छाइएका ठाउँहरुमा चाडै मेलम्चीको शुद्ध पानी बितरण गरिने बताउनु भएको छ ।

आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नु हुँदै मन्त्री यादवले काठमाडौँका अधिकांस ठाउँहरुमा खानेपानीका नयाँ पाइपलाईन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाडै नै ती लाईनहरुबाट मेलम्चीको शुद्ध पानी बितरण गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पाइप लाईन बितारको कार्य करिब करिब सकिएर अहिले परिक्षणको काम हुँदै छ, केही दिन धैर्य गर्नुस्, नयाँ पाइप लाईन बिस्तार भइरहेका ठाउँमा म आफै अनुगमनका लागि खटिदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइप लार्ईनबाट मेलम्चीको पानी पठाउने छाँै ।”
सोही क्रममा मन्त्री यादवले एक महिला भित्र काठमाडौँ उपत्यका भित्रका जहाँ जहाँ नयाँ पाइप लाईन बिस्तार गरिएको छ त्यो क्षेत्रमा मेलम्चीको पानी बितरण गरिने दाबी समेत गर्नुभयो ।
यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाईनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन समेत भएको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पानी चुहावट भएर खेर गइरहेका ठाउँमा तत्काल मर्मत गर्न निर्देशन दिएका छौँ । अहिले पानी चुहावट रोक्न कर्मचारी खटिएका छन् । केही दिन भित्र त्यो समस्या पनि समाधान हुने छ ।”
सञ्चारकर्मीहरुसँगकै कुराकानीमा मन्त्री यादवले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकाँस ठाउँमा खानेपानीका पाइपहरु भत्काइएका र फुटाइएका भएपनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी बितरण प्रक्रियाँमा निकै कठिनाई उत्पन्न भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “उपत्यकामा सडक निर्माण एवं मर्मत गर्ने कम्पनी अनि कार्यालयले हाम्रा खानेपानीका संरचना भत्काइदिने र पाइप फुटाइ दिने गरेको छ । पाइप फुट्दा पानी सप्लाई गर्न सकिदैन । जनताले हामीलाई गाली गर्छन । हामीले सडक भत्काउदा मर्मत गर्छौँ । हाम्रा फुटाएका पाइप कस्ले मर्मत गर्ने ?।”
काठमाडौँको नारायणगोपाल चोकमा नयाँ पाइप लाईन बिस्तारका लागि आवश्यक गृहकार्य सुरु भएकाले उक्त क्षेत्रमा केही दिन भित्रमा नयाँ पाईप लाईन बिस्तार गरेर सामाखुशीचोक, बालुवाटार क्षेत्रमा शुद्ध खानेपानी बितरण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारायणगोपाल चोकमा पाइप लाईन बिस्तारका लागि सडक विभागसँग कुरा भइसकेको छ, अन्यसँग छलफल गरेर केही दिनमै काम सुरु हुन्छ ।”
काठमाडौँ उपत्यका सहित देशभरीका नागरिकलाई शुद्ध अनि सफा पानी बितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरु अघि सारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजनाहरु अघि सारेको छ । अब चाडै नै सबैको पहुँचमा शुद्ध पानी पुर्‍याउँछौँ ।”
देशका अधिकाङ्स ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिक माझ स्वच्छ, सफा खानेपानी पुर्‍याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।