ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प

माघ ८ काठमाडौँ

मंगलबार बिहान दक्षिणी ताइवानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। जसमा परी अहिलेसम्म १५ जना घाइते भएको सीएनएनले जनाएको छ।

स्थानीय समयअनुसार मंगलबार बिहान १२:१७ बजे युजिङबाट १२ किलोमिटर (७ माइल) उत्तरको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। जसको गिहराइ १० किलोमिटर (६ माइल) रहेको यूएसजीएसले जनाएको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनले भने भूकम्प ६.४ म्याग्निच्युड रेकर्ड गरेको छ।

भूकम्पबाट अहिलेसम्म मृत्युको भने कुनै रिपोर्ट नआएको तर उद्धारकर्ताहरूले क्षतिको आकलन गरिरहेको बताइएको छ। संभार: नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।