धनुषामा सरस्वती पूजाको भव्य आयोजना तथा सांस्कृतिक शुद्धता कायम राख्न आग्रह

धनुषामा सरस्वती पूजाको भव्य आयोजना तथा सांस्कृतिक शुद्धता कायम राख्न आग्रह

जनकपुरधाम १७ माघ

धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत निजी तथा सामुदायिक विद्यालय सञ्चालक संस्थाहरू (पैबसन, इनपेबसन) लाई राष्ट्रिय एकता अभियानका जिल्ला सह-संयोजक पंकज झाको नेतृत्वमा एक ज्ञापनपत्र बुझाइएको छ। उक्त ज्ञापनपत्रमा माघ २१ गते सोमबार मनाइने सरस्वती पूजालाई सभ्य र अनुशासित रूपमा आयोजना गर्न विभिन्न मागहरू अघि सारिएको छ।

ज्ञापनपत्रमा सबै शैक्षिक संस्थाहरूलाई विद्यार्थीलाई विद्यालयको पोशाक (युनिफर्म) मा उपस्थित गराउने, सांस्कृतिक तथा धार्मिक शुद्धता कायम राख्ने, डीजे बाजा तथा अश्लील गीतहरू बजाउन नदिनु पर्ने, साथै अत्यधिक ध्वनि प्रदूषणबाट जोगिन विशेष ध्यान दिनुपर्ने अनुरोध गरिएको छ।

राष्ट्रिय एकता अभियानका जिल्ला सह-संयोजक झाले विगत वर्षहरूमा सरस्वती पूजाको अवसरमा बढ्दो ध्वनि प्रदूषण, अनुशासनहीन गतिविधि तथा सांस्कृतिक विकृति देखिएको भन्दै यस वर्ष यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताए।

ज्ञापनपत्र बुझ्दै सम्बन्धित अधिकारीहरूले सरस्वती पूजालाई मर्यादित र संस्कृतिमैत्री रूपमा मनाउने पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। सह संयोजक झा सँगै अभियानका मनीष पुर्वे, दीपू झा लागयतको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।