स्वच्छ चुलो परियोजनाद्वारा विद्युतीय चुलोको प्रदर्शनी
स्वच्छ चुलो परियोजनाद्वारा विद्युतीय चुलोको प्रदर्शनी

वीरगञ्ज ६ फागुन
स्वच्छ चुलो परियोजना अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचौक मा क्लिन कुकिङ अलायन्स र सस्टेनवल प्रोस्पेरिटीस इनिसिएटिभ नेपाल को आयोजनामा तथा दिव्य विकास स्रोत केन्द्र पर्साको सहकार्यमा विद्युतीय चुलो
प्रदर्शनी कार्यक्रममा सम्पन्न भएको छ।
प्रदर्शनी कार्यक्रममा विद्युतीय चुलो को मुख्य उद्देश्यहरू विद्युय चुलोको माग र प्रयोग वृद्धि गर्नु स्वास्थ्य र पर्यावरणीय लाभप्रति जनचेतना जगाउनु ग्राहक पहुँच वृद्धि गर्नु विद्युतीय चुलुको संभार जस्ता मुख्य उद्देश्य रहेको थियो।
त्यसैगरी नेपाली समाजका लागि विद्युतीय चुलोको महत्त्व पर्यावरण संरक्षण स्वास्थ्य सुधार आर्थिक लाभ नेपालको ऊर्जा सन्तुलन महत्व रहेको सस्टेनेबल प्रोस्पेरिटिक इनिसिएटिभ नेपाल कि प्रबन्धक सञ्चालिका सरिता कार्कीले प्रकाश पारेकी थिइन्।
कार्यक्रममा क्लिन कुकिङ अलायन्स का नीति विशेषज्ञ मोहन दास मानन्धर वरिष्ठ नीति विशेषज्ञ पुरुषोत्तम घिमिरे दिव्य विकास स्रोत केन्द्र पर्सा का कार्यकारणी निर्देशक रामाकान्त प्रसाद कुर्मी वडा नम्बर ३१ वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव। समाजसेवी रामाकान्त चौधरी लगायतको सहभागिता रहेको थियो।






