राष्ट्रिय विद्यार्थी मंचको इकाई कमिटी गठन, संगठन विस्तारको अभियान तीव्र

राष्ट्रिय विद्यार्थी मंचको इकाई कमिटी गठन, संगठन विस्तारको अभियान तीव्र

जनकपुरधाम १७ फागुन

राष्ट्रिय मुक्ति पार्टी नेपाल अन्तर्गत रहेको राष्ट्रिय विद्यार्थी मंचले आफ्नो संगठन विस्तारलाई तीव्र बनाउने क्रममा आज रा.रा.व. क्याम्पस, जनकपुरधामको इकाई कमिटी गठन गरेको छ।

एक विशेष बैठकमार्फत गठित २२ सदस्यीय इकाई कमिटीको अध्यक्षतामा आरती झा चयन भएकी छन्। उक्त बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता संजय कुमार चौधरी, दिपक झा, समीर सिद्दीकी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

स्ववियु निर्वाचनको तयारीलाई सशक्त बनाउने उद्देश्यसहित आयोजित बैठकमा सहभागी विद्यार्थी नेताहरूले संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय विद्यार्थी मंचका नेताहरूले विद्यार्थी हकहित र शिक्षा सुधारका सवालमा संघर्ष जारी राख्ने बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई केन्द्रमा राख्दै, विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न अभियान सञ्चालन गर्ने योजना बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।