क्रियटिभ स्कील्सद्धारा जगरनाथपुरमा डकर्मी र ईलेक्ट्रिसियन सम्बन्धि तालिम सुरु

वीरगंज । क्रियटिभ स्कील्स प्रा.लि. बीरगंज पर्साको आयोजना र जगरनाथपुर गाउँपालिकाको सहयोगमा ५० दिने डकर्मी र ईलेक्ट्रिसियन सम्बन्धि तालिम सुरु भएको छ ।
जगरनाथपुर गाउँपालिका वडा नं ५ कृषि तथा पशुपंक्षी सेवा केन्द्रको सभाहलमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत (डकर्मी र ईलेक्ट्रिसियन सम्बन्धित ५० दिने कार्यस्थलमा आधारित सीप÷क्षमता विकास तथा जीवनपयोगी तालिम सुरु भएको छ ।
क्रियटिभ स्कील्सका कार्यक्रम संयोजक राधा हमालको सभापतिमा भएको सो उदघाटन कार्यक्रमका प्रमुख अतिथि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले तालिममा नियमित रुपमा सहभागी भई सीप र ज्ञान आर्जन गर्न सहभागीहरुलाई सुझाउदै तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह गरेका थिए ।
कार्यक्रम संयोजक हमालले बेरोजगार रहेका व्यक्तिहरुले सीप विकास गरी आफनै ठाउँ तथा देश भित्र नै रोजगारी सिर्जना गर्नु नै यो तालिमको मुख्य उदेश्य रहेको बताए ।
तालिममा सहभागी ४० जनालाई मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक गरी दुई जनाले तालिम दिने आयोजक संस्थाले जनाएको छ । तालिम कार्यस्थलमा आधारित रही ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक बिधीबाट संचालन गराईने र तालिम लिएको बिषयमा रोजगार गर्ने, साथै पालिकाबाट पनि स्वरोजगारमा लाग्न उत्प्रेरित गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।