उप प्रमुख आलम द्वारा वडा नं. १५ मा स्थलगत अनुगमन

बिरगंज, १३ बैशाख
बिरगंज महानगरपालिका ले वडाहरुमा आफ्नो बिकासको गति तीब्र गरेको छ। बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेके छन । बिरगंज महानगरपालिका वडा नं.१५ मा भैरहेको विभिन्न योजनाको स्थलगत अनुगमन गर्नु भएको हो । स्थलगत अनुगमनको क्रममा देखिएको त्रुटि सुधार गर्न सम्बन्धि ठेकेदारलाई निर्देशन दिनुभएको छ । वडा नं.१५ का स्थानीय बासिहरुले वडामा रहेको समस्या समाधान गर्न आग्रह गरेका छन ।
वडा बाँसिहरुको कुरा सुनेर सो समस्या को समाधान गर्न बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा स्थानीय बासिहरु संग प्रतिबद्धता गरेका छन् । आउने दिनहरुमा बिरगंज महानगरपालिकाले ३२ वटै वडाहरुमा आफ्नो योजना लाई तिब्रता दिनेछ । वडामा भैरहेको समस्या तथा नगर बासिहरुको कठिनाईलाई महानगरपालिकाले समस्या समाधान गर्न तर्फ लागने छ । बिरगंज महानगरपालिकाले सुन्दर बिरगंज स्वच्छ बिरगंज बनाउन आफु दिन रात लागि परेको बताए ।
निर्माण कार्यमा ढिलाई नगर्न ठेकेदार लाई निर्देशन दिइका छन् । भइरहेको निर्माण कार्य लाई निगरानी गर्न स्थानीय बासिहरु लाई आग्रह समेत गरेका छन् ।