स्ववियु ठाकुररामको कार्यक्रममा ६१ जनाले गरे रक्तदान, प्रेस सल्लाहकारमा मयन्क रौनियार नियुक्त

वीरगंज १२ जेष्ठ । स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पसको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजको प्राङ्गणमा आयोजित सो रक्तदान कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंगले जनाएको छ ।
रक्तदान गर्नेहरुमा प्रिती पटेल, दिपेन्द्र साह, उमाशंकर यादव, निराजन कुमार गुप्ता, राहुल सिंह राजपुत, जय नेपाल चौरसिया, राजु पटेल, गुड्डु पटेल, सकलेन मुस्ताक, आलोक सिंह, रिकेश यादव, राहुल साह, बृजकिशोर गोसाई, सुहेल अन्सारी, प्रेम सागर, इम्तियाज हुसेन, प्रेम सागर चौधरी, उज्ज्वल उपाध्याय, राजेश्वर यादव, आकाश प्रसाद कानु, गौतम पञ्जियार लगायत रहेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन ठाकुररामका सभापति राजकुमार यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ता, अतिथिहरु ठाकुरराम क्याम्पसका क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्राध्यापक संघका पूर्व सभापति प्रमोद कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पूर्व स्ववियु सभापति वैकुण्ठ श्रीवास्तव, समाजसेवी प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव अजय चौरसिया, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सामाजिक अभियन्ता राजेन्द्र भट्टराई, अस्थायी प्रहरी पोस्ट आदर्शनगरका प्रमुख प्रदीपकुमार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
सो अवसरमा स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पसको प्रेस सल्लाहकारमा नियुक्त भएका पत्रकार मयन्क रौनियारलाई प्रमुख अतिथि अरबिन्द गुप्ता लगायतका अन्य अतिथिहरुले फुलको माला लगाई बधाई तथा शुभकामना दिएका थिए ।
सो कार्यक्रममा सभापति यादवले वीरगंज क्षेत्रमा रगतको बढ्दो अभाव र रक्तसञ्चार केन्द्रको आग्रहलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको बताउदै सबै रक्तदाता तथा सहकार्य गर्ने हातहरूप्रति धन्यवाद ज्ञापन गरे । “रक्तदान नै जीवनदान हो,” उनले भने, “यसले न्यानो मानवता र सामाजिक सहकार्यको भावनालाई बलियो बनाउँछ ।”
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा मनिष गुप्ता सहितको टोलीले प्राविधिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।